BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रेका ब्राण्ड एम्बेसडर गिरीलाई इम्प्याक्ट सुपर जुनियर सिरिजको उपाधि

२०७५ असोज २४

माछापुच्छ्रेका ब्राण्ड एम्बेसडर गिरीलाई इम्प्याक्ट सुपर जुनियर सिरिजको उपाधि
माछापुच्छ्रेका ब्राण्ड एम्बेसडर गिरीलाई इम्प्याक्ट सुपर जुनियर सिरिजको उपाधि

काठमाडौं। माछापुच्छ्रे बैंकका ब्राण्ड एम्बेसडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिजअन्तर्गतको यु १४ बोइज सिंगल्सको उपाधि जितेका छन्। नेपालसहित भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरेका हुन्। 

Tata
GBIME
Nepal Life

यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजना हुन लागेको यु १४ टेनिस प्रतियोगिताको लागि थप ऊर्जा मिलेको गिरीले बताएका छन् ।
 
आर्यन गिरी १३ वर्षीय टेनिस खेलाडी हुन् । ६ वर्षको उमेरदेखि टेनिस सुरु गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् ।

त्यसै गरी बैंकका अर्का ब्राण्ड एम्बेसडर मिरा राईले पनि इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ्ग वर्ल्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन्। बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो ।