BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिने, चुक्ता पूँजी डेढ अर्ब


अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिने, चुक्ता पूँजी डेढ अर्ब
अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिने, चुक्ता पूँजी डेढ अर्ब


काठमाडौं। बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ। आन्तरिक उडान भर्दै आएको कम्पनीले अवको तीन वर्षमा अन्तर्राष्ट्रिय उडानको लागि पव्लिक कम्पनी कम्पनीमा जाने योजना बनाएको छ। 
 
बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडान भर्नका लागि आवश्यक पर्ने चुक्ता पूँजीको लागि ३० प्रतिशत बुद्धको आन्तरिक स्रोत, ३० प्रतिशत सर्वसाधारण र ४० प्रतिशत विदेशी रणनितिक साझेदारबाट जुटाउने बताए। नागरिक उड्डयनसँग सम्बन्धित संस्थालार्इ इजाजत दिने सम्बन्धी कार्यविधि अनुसार विदेशी उडान भर्ने एयरलाइन्स कम्पनीको न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ हुनु पर्नेछ। तर प्राधिकरणले न्यूनतम पूँजीको सीमा बढाउने तयारी गरेकोले बुद्ध एयरको डेढ अर्ब रुपैयाँ भन्दा माथि हुने वरिष्ठ कार्यकारी प्रवन्धक सुवर्ण खरेलले बिजमाण्डूलार्इ जानकारी दिए। 
 
बुद्धले तीन वर्ष पछि तीन वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाएको छ। साथै अन्तर्राष्ट्रिय उडान सुरु गरेको १० वर्ष अवधिमा कम्पनीले १४ वटा जहाजबाट अन्तर्राष्ट्रिय उडाने भर्ने योजना बनाएको उनले जानकारी दिए। हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेरर लगायतका विमान उत्पादक कम्पनीसँग नेगोसिएसन गरिरहेको छ।
 
बुद्धले वनारस उडान गर्दै आएको छ भने केही वर्षअघि भुटान समेत उडान गरेको थियो।'पोखरा क्षेत्रिय विमानस्थल संचालनमा आएसँगै अवको तीन वर्ष पछि हामीले सुरुमा तीन वटा एक सय सिट भन्दा बढी क्षमता भएका जहाजबाट व्यवसायिक उडान सुरु गर्ने छौ' कम्पनीका प्रवन्ध निर्देशक बस्नेतले भने।
 
चालु आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ भन्दा माथि पूँजी भएका कम्पनीले अनिवार्य रुपमा सर्वसाधारणलार्इ शेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ। अन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीहरुको भने जम्मा ७ करोड रुपैयाँ मात्रै चुक्ता पूँजी हुने व्यवस्था छ। यसैले गर्दा बुद्धले आन्तरिक उडान तर्फको लागि आवश्यक पर्ने पूँजीमा भने साझेदारी नगर्ने बस्नेतले जानकारी दिए। 
 
पोखरा क्षेत्रीय विमानस्थल निर्माण भैसकेपछि पहिलो चरणमा कम्पनीले भारत र चीनको विभिन्न प्रान्तमा उडान भर्ने उनले बताए। उनले भने 'हामी अहिलेदेखिनै एयरबस र बोइङसँग नेगोसिएसन गरिरहेका छौं । हामीसँग अझै तीन वर्ष बाँकी रहेकोले यस अवधिमा व्यावसायिक योजना र दक्ष जनशक्ती तयार पारिसक्नेछौँ।'
 
ह्याङगर उत्कृष्ट
कम्पनीको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर मध्ये रहेको सिङ्गापुर एटिआरका विक्री तथा सेवा प्रमुख बिली वोले बताए।

Tata
GBIME
Nepal Life

'बुद्ध एयरको १० वर्षसम्मको सहकार्यमा यात्रु सुरक्षा, हवाइ सुरक्षाका साथै अन्तर्राष्ट्रिय स्तरको मर्मत संभारको कुरालार्इ विशेष प्राथमिकता दिँदै आएको छ।बुद्ध एयरसँग लामो समयदेखि सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ।' उनले  भने। कम्पनीको ह्याङ्गरमा एटिआरमात्र नभइ हेलिकोप्टर, जेटस्ट्रीमको पनि मर्मत सम्भार गर्न सक्ने क्षमता रहेको प्रवन्ध निर्देशक वस्नेतले जानकारी दिएका छन्। 
 

हाल कम्पनीको छ वटा ७२ सीटे एटिआर, तीनवटा ४२ सिटे एटीआर र दुई वटा बिचक्राफ्टले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान भर्दै आएको छ। कम्पनीमा हाल एक हजार कर्मचारी कार्यरत छन्।