BIZMANDU
www.bizmandu.com

दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउन एभरेष्ट बैंकको समझदारी, ८२ शाखा र ५५ सय एजेन्टबाट पाइने

२०७५ असोज २५

दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउन एभरेष्ट बैंकको समझदारी, ८२ शाखा र ५५ सय एजेन्टबाट पाइने
दक्षिण कोरियाबाट रेमिटेन्स भित्र्याउन एभरेष्ट बैंकको समझदारी, ८२ शाखा र ५५ सय एजेन्टबाट पाइने

काठमाडौं। एभरेष्ट बैंक र दक्षिण कोरियाली मनिट्रान्सफर अपरेटर फिनसर्ट आईन कर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौतासँगै दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ। सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन्।  

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो। यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ। जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ। एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा एपलिकेसन रहेको छ।  

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेक्ष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ।

यो समझदारीसँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ। रेमिट्यान्स सिनोसर्टबाट प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा शाखा र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने छ।