BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको शैलीमा खरेलले बैंकरलाई डाकेर दिए निर्देशन, ‘ब्याज धान्नै नसक्ने गरी बढाउनु भएन’

२०७५ असोज २५

अर्थमन्त्रीको शैलीमा खरेलले बैंकरलाई डाकेर दिए निर्देशन, ‘ब्याज धान्नै नसक्ने गरी बढाउनु भएन’
अर्थमन्त्रीको शैलीमा खरेलले बैंकरलाई डाकेर दिए निर्देशन, ‘ब्याज धान्नै नसक्ने गरी बढाउनु भएन’

काठमाडौं। तरलता अभाव, बढ्दो ब्याज दरलगायतका बारेमा कुराकानी गर्न बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न खोजिरहेका थिए।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री खतिवडा भने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन बाली जाने तरखरले ब्यस्त थिए। ढुङ्गानाले भेट गर्न पाएनन्।

त्यसपछि उनले राष्ट्र बैंकबाट अर्थमन्त्रालय काज सरुवामा गएका निर्देशक रामशरण खरेललाई अर्थमन्त्रीसँग भेट्ने वातावरण मिलाइ दिन आग्रह गरे। अर्थमन्त्री बाली हिँडिहाले, ढुङ्गानाले भेट्न पाएनन्।

लगत्तै खरेलले केही समस्या, गुनासा भए आफूलाई भन्न भन्दै बैंकरलाई मन्त्रालयमा डाके। खरेल राष्ट्र बैंककै निर्देशक भएकाले बैंकरको टोली आफ्नो समस्या सुनाउन बुधबार अर्थमन्त्रालय पुगेको थियो।

अहिले खरेललाई अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक हेर्ने जिम्मा दिएका छन्। खरेलले अर्थमन्त्रीको 'लय बुझेर' केन्द्रीय बैंकमा विभिन्न 'आदेश' हरु जारी गर्ने गरेका छन्। डेपुटी गभर्नर र निर्देशकहरुले पनि खरेललाई राष्ट्र बैंकको बारेमा रिपोर्टिङ गर्छन्। 

बैंकरसँग वित्तीय क्षेत्रका बारेमा खरेलले 'ब्रिफिङ' सुनेका हुन्। उनले बैंकहरुलाई मूख्यत: तीन वटा बिषयमा निर्देशनसमेत दिए।

उनले सरकारले ल्याएको सहुलियत ब्याजको ऋणको मार्केटिङ गर्न बैंकहरुलाई निर्देशन दिए। दसैंअघि नै सहुलियत ब्याजको ऋण बारेमा आफ्ना शाखाहरुलाई 'गाइडलाइन' बनाएर सर्कुलर गर्न निर्देशन दिए।

त्यसपछि खरेलले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गर्न भने। उने अनुत्पादक क्षेत्रको लगानी बारे मन्त्रालयले पनि हेरिरहेको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएका थिए।

सहभागी बैंकरका अनुसार, उनले ब्याज दर बढ्न नदिनका लागि सचेत रहन पनि आग्रह गरेका थिए। 'निक्षेपमा पनि सिन्डिकेट गर्नु भएन' उनको भनाइ उदृत गर्दै एक बैंकरले भने, 'ऋणको ब्याज पनि धान्नै नसक्ने गरी महँगो बनाउनु भएन।'