BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले खोटाङ र तनहुँमा चार शाखरहित बैंकिङ सेवा केन्द्र, रियल टाइममा खाता खुल्ने

२०७५ असोज २५

माछापुच्छ्रे बैंकले खोटाङ र तनहुँमा चार शाखरहित बैंकिङ सेवा केन्द्र, रियल टाइममा खाता खुल्ने
माछापुच्छ्रे बैंकले खोटाङ र तनहुँमा चार शाखरहित बैंकिङ सेवा केन्द्र, रियल टाइममा खाता खुल्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङका ४ ठाउँमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङको हलेसी तुबचुङ नगरपालिका (च्यास्मीटार), खोटाङकै हलेसी तुबचुङ नगरपालिका (धितुङ) मा सेवा सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life

यो सहित बैंकको शाखारहित बैंक सेवा केन्द्रको संख्या ३३ पुगेको छ। ग्राहक सेवा केन्द्रको रुपमा संचालित ती शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ। 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।