BIZMANDU
www.bizmandu.com

बैंकरले ब्याज घटाउन सहमति गरेपछि शेयर बजारमा देखियो सकारात्मक प्रभाव, सूचक बढेर बन्द 

२०७५ असोज २५

बैंकरले ब्याज घटाउन सहमति गरेपछि शेयर बजारमा देखियो सकारात्मक प्रभाव, सूचक बढेर बन्द 
बैंकरले ब्याज घटाउन सहमति गरेपछि शेयर बजारमा देखियो सकारात्मक प्रभाव, सूचक बढेर बन्द 

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ। शेयर बजार मापक सूचक ९.९५ अंकले बढ्दै १२२८.२८ अंकमा उक्लिएर बन्द भएको छ। मिश्रित कारोबार गर्दै यस साताको कारोबार बन्द भएको हो। साताभरिमा पाँच दिन शेयर कारोबार भएको थियो। जसमा तीन दिन बजार बढ्यो भने दुई दिन सूचक घटेको थियो। 

Tata
GBIME
Nepal Life

साताको सुरुवाती दिन आइतबार फराकिलो अंकले घटेको शेयर बजार त्यसपछिका दिनमा भने स्थिर देखिएको थियो। १२२७.३७ अंकबाट साप्ताहिक कारोबार सुरु भएकोमा अन्तिम दिन सूचक १२२८.२८ अंकमा उक्लिएर बन्द भएको छ। साताभरिमा सूचक ०.९१ अंकले मात्रै बढ्यो।  
यस साता बैक वित्तीय संस्थाबाट ऋण लिएर दोस्रो बजारमा लगानी गरेका लगानीकर्तालाई तेस्रो त्रैमासको व्याज भुक्तानी र दसैँ खर्च दुवै जुटाउनु पर्ने दबाब रहेका थियो। यही कारण साताको सुरुवातमा बजार नकारात्मक देखिएको ईन्भेष्टर फोरमका उपाध्यक्ष तुलसिराम ढकालले बताए। तर अन्तिम कारोबार दिनको मध्यतिर बैकको ब्यवजदर घट्ने खबर आएसँगै लगानीकर्ता सकारात्तक हुँदा बजार बढ्न टेवा पुगेको ढकालले बताए। 

बिहीबार १६५ कम्पनीको आठ लाख ६२ हजार कित्ता शेयर २५ करोड २२ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी मेगा बैकको एक करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा आठ समूह बढेका छन् भने दुई समूह घटेका छन्। सबैभन्दा बढी वाणिज्य बैक समूह १.१५ प्रतिशतले बढेको छ। होटेल समूह सबैभन्दा बढी १.९३ प्रतिशत घट्यो।  

युनाइटेड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशत कमाए। पञ्चकन्या माई हाइड्रो पावरका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।