BIZMANDU
www.bizmandu.com

भवानी राणाले ‘इन्ट्री’ गरेको क्यापिटल मर्चेन्टमा नयाँ समूहबाट पाँच जना सञ्चालक नियुक्त 

२०७५ असोज २६

भवानी राणाले ‘इन्ट्री’ गरेको क्यापिटल मर्चेन्टमा नयाँ समूहबाट पाँच जना सञ्चालक नियुक्त 
भवानी राणाले ‘इन्ट्री’ गरेको क्यापिटल मर्चेन्टमा नयाँ समूहबाट पाँच जना सञ्चालक नियुक्त 

काठमाडौं। समस्याग्रस्त क्यापिटल मर्चेन्ट बैंकको संचालक समितिले नयाँ लगानीकर्ताको तर्फबाट ५ जना संञ्चालक नियुक्त गरेको छ। संस्थाको संचालक समितिको असोज १० गते वसेको २९१औ बैंठकले संस्थापकतर्फ चिरञ्जिवी थापा र निरन्जन सिंह बस्नेत नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणका तर्फबाट जगतराज खनान, भुपेन्द्र बस्नेत र कैलाशभक्त कारञ्जितलार्इ नियुक्त गरेको छ। 

खनाल हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिको तर्फबाट, बस्नेत एलाइट इन्भेष्टमेन्ट कम्पनी र कारञ्जित स्वतन्त्र संञ्चालक हुन्। समस्याग्रस्त सूचीमा रहेको फाइनान्सलार्इ नयाँ समूहले खरिद गर्ने भएपछि नेपाल राष्ट्र बैंकले शेयर कारोबार फुकुवा गरिदिएको थियो। 

केहि समय अगाडि राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार फुकुवाका लागि पत्राचार गरेको थियो। कम्पनीको शेयर 'म्यानुअल' किनबेच गरेको थियो। कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा 'इन्ट्री' गरेकी छन्। उनको लगानीलाई भने गोप्य राखिएको छ। राणासँगै उद्यमी प्रवलजङ पाण्डेको पनि लगानी छ। 

गत असोज ७ गते नयाँ समुहले संस्थापक तर्फको शेयर २२ रुपैयाँका दरले २३ लाख कित्ता शेयर खरिद गरेको थियो।

ऋण दूरुपयोग गरेर संस्था धरासयी भएपछि राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो। संस्था चल्नै नसक्ने अवस्थामा रहेका बेला नयाँ समूहले खरीद गर्न लागेको छ। 

कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ छ। कम्पनीको पूँजी कोष अनुपात करिव १९ प्रतिशतले ऋणात्मक छ। कम्पनीका सबै ऋण समस्यामा छन्। त्यसैले खराब कर्जा अनुपात १०० प्रतिशत छ। कम्पनीले एक अर्ब ७० करोड रुपैयाँको नोक्शानी ब्यवस्थापन गरेको छ।