BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकको ताप्लेजुङ र महोत्तरीमा थप दुई शाखा, सेवा बिस्तार गर्दै लैजाने

२०७५ असोज २६

गण्डकी विकास बैंकको ताप्लेजुङ र महोत्तरीमा थप दुई शाखा, सेवा बिस्तार गर्दै लैजाने
गण्डकी विकास बैंकको ताप्लेजुङ र महोत्तरीमा थप दुई शाखा, सेवा बिस्तार गर्दै लैजाने


काठमाडौं। गण्डकी विकास बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ। ताप्लेजुङस्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुरकुमार कार्कीले गरेका छन्। 

Tata
GBIME
Nepal Life

शाखा उद्घाटनपछि मेयर प्याकुरेलले गण्डकी विकास बैंकलाई फुङलिङमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। बैंकका सञ्चालक पद्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी , ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्याक्ष दिनेश अधिकारीले शुभकामना मन्तव्य राखेका थिए। बैंकको गतिविधिको बारेमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्यले जानकारी गराएका थिए। 

बर्दिबास शाखाको उद्घाटन गर्दै मेयर कार्कीले सहज रुपमा वित्तिय सेवा पु¥याउन आग्रह गरेका छन्। बैंकका सञ्चालक नारायणबहादुर बानियाँको अध्यक्षातामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा बैंकको वित्तिय गतिविधि बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराएका थिए। 

बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद गिरिले शुभकामना दिएका थिए। कार्यक्रम सञ्चालन बर्दिबास शाखाका शाखा प्रमुख धु्रव पण्डितले गरेका थिए।