BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टरार्इले पदबहाली गरे, संचालक खरेलले गराए पदको शपथ

२०७५ असोज २६

नागरिक लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टरार्इले पदबहाली गरे, संचालक खरेलले गराए पदको शपथ
नागरिक लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टरार्इले पदबहाली गरे, संचालक खरेलले गराए पदको शपथ


काठमाडौं। नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन्। कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराए।

Tata
GBIME
Nepal Life

डा.भट्टराईलाई गत असोज २१ गते मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो ।

‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन्।

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसँग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव छ।

योसँगै उनीसँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव छ।