BIZMANDU
www.bizmandu.com

लगानीकर्ताका लागि तीन वर्षदेखिको खल्लो दशैं, दशैं अघिका अधिकांश दिनमा घट्यो बजार

२०७५ असोज २६

लगानीकर्ताका लागि तीन वर्षदेखिको खल्लो दशैं, दशैं अघिका अधिकांश दिनमा घट्यो बजार
लगानीकर्ताका लागि तीन वर्षदेखिको खल्लो दशैं, दशैं अघिका अधिकांश दिनमा घट्यो बजार

काठमाडौं। यो वर्षको दशैं पनि पुँजी बजारका लगानीकर्ताका लागि सुखद देखिएन। दशैं अगाडिका १५ कारोबार दिनमध्ये अधिकांशमा बजार ओरालो लागेको छ। गत वर्षमा जस्तै यस वर्ष पनि दशै अगाडिको १२ दिन कारोबार हुँदा तीन दिन मात्रै हरियो देखिएको छ। 

Tata
GBIME
Nepal Life

गत वर्ष असोज १० गतेसम्म लगानीकर्ताले  दोस्रो बजारमा शेयर कारोबार गरेका थिए। दशैं अगाडिको १५ कारोबार दिनमा ९ दिन बजार घटेको थियो भने ६ कारोबार दिन बढेको थियो।

त्यस्तै अघिल्लो वर्ष २०७३ को दशैमा पनि बजार मापक सूचक ८ कारोबार दिन घट्यो भने ७ कारोबार दिन बढेको थियो। त्यसवर्ष ७ दिन लगातार बजार घटेर दशैं अगाडिको केहि दिन मात्रै बजार बढ्दा सूचकमा १५ अंकको सुधार देखिएको थियो। 

गत वर्षको दशैं अगाडिको १५ दिनमा ३० अंकको गिरावटा देखिएको थियो। त्यस्तै यस वर्ष पनि ४० अंक भन्दा धेरैले बजार घटिसकेको छ। २०७३ को दशैं पूर्वको १५ कारोबार दिनमा सूचक १८०४ देखि घटबढ हुदै १८१९ अंकमा बन्द भएको थियो।      

विगत तीन वर्षको यसै अवधिको तुलना गर्दा शेयर बजार ५८४ अंकले घटेको छ। अघिल्लो वर्ष २०७३ को दशैमा शेयर बजार बुलिस ट्रेण्डमा थियो। तर गत वर्षदेखि बजार लगातार बियरिस ट्रेण्डमा रहेको छ। 

गत वर्षको दशैं पूर्वको १५ कारोबार दिनमा सूचक १५८० देखि १५४९ अंकमा घुम्यो। यस वर्ष पनि बजार दशैं पूर्वको १३ कारोबार दिनमा बजार बढ्ने भन्दा घट्ने दिन धेरै देखिएको छ।

१३ कारोबार दिनमा बजार आठ दिन घटिसकेको छ भने पाँच दिन मात्रै बढ्यो। यस अवधिमा बजारले ५१ अंक गुमाउदा विहीबार सूचक १२२८.२८ अंकमा ओर्लिएको छ।

शेयर कर्जा लिएर शेयर खरिद गरेकाहरुले पहिलो त्रैमाशको व्याज भुक्तानी दशैं अगाडि पर्ने हुँदा बजारमा प्रभाव पर्ने गरेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्मराम घिमिरेले बताए। उनले भने, 'हरेक वर्षको दशैं असोज र कात्तिकको अवधिमा पर्छ। यो सयम बैंकहरुको पहिलो त्रैमाशिक ब्याज भुक्तानी गर्ने समय हो।' 

शेयर बजारमा विभिनन्न कारणले उचारचढाव भैरहेको हुन्छ। शेयर बजारमा नियमित लगानी गर्नेहरुले शेयर बजारबाट नै खर्ज जुटाउने गरेका छन्। 'शेयर बिक्री गरेर दशैंका लागि पैसा जुटाउन मिल्ने दिनहरुमा बजार घट्ने गरेको पाइन्छ,' उनले भने। 

विगत दुर्इ वर्षदेखि शेयर बजार वियरिस ट्रेण्डमा रहेको हुँदा यस वर्षको दशैमा पनि त्यसैको निरन्तरता रहेको उनले बताए। आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रको तरलता समस्या समाधान हुने संकेत देखिएमा दशै पछि बजारमा सुधार हुने उनको तर्क छ। स्थिर सरकार रहेको हुँदा समयमै पुँजीगत खर्च हुन सकेमा बजारमा तरताल सहज हुने र यसको प्रभाव शेयर बजारमा देखिन सक्ने उनको विश्लेषण छ।