BIZMANDU
www.bizmandu.com

लल्याङमा नेपाल टेलिकमको सेवा बिस्तार,  एमबीपिएससम्म स्पिडमा इन्टरनेट चलाउन सकिने

२०७५ कात्तिक १३

लल्याङमा नेपाल टेलिकमको सेवा बिस्तार,  एमबीपिएससम्म स्पिडमा इन्टरनेट चलाउन सकिने
लल्याङमा नेपाल टेलिकमको सेवा बिस्तार,  एमबीपिएससम्म स्पिडमा इन्टरनेट चलाउन सकिने


काठमाडौं। नेपाल टेलिकमले स्याङ्जाको लल्याङमा पिएसटिएन तथा एडिएसएल सेवा विस्तार गरेको छ। 

Tata
GBIME
Nepal Life

अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोग गर्न पाउने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले बताए। 

गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास थालिएको थियो। अहिले नयाँ नेटवर्किङ सेवा विस्तार भएकोमा लल्याङका वडा अध्यक्ष महेश भट्टराइले खुशी व्यक्त गरे।

नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो, जसबाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट चलाउन सकिन्छ।