BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस, तीनैजना पूर्व बैंकर

२०७५ कात्तिक १६

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस, तीनैजना पूर्व बैंकर
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस, तीनैजना पूर्व बैंकर



काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले कपिलमणि ज्ञवाली, रमण नेपाल र शेषरमण आचार्य सिफारिस भएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकिङ क्षेत्रमा काम गरेका तीनजना कोषको कार्यकारी पदका लागि सिफारिस भएका छन्। गुल्मीका ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यस्तै मोरङका नेपाल नेपाल राष्ट्र बैंकबाट र काभ्रेपलाञ्चोकका आचार्य कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन्।

तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राजीनामा दिएपछि खाली भएको पदमा खुला प्रतिस्पर्धाबाट उनीहरु अन्तिम दौडसम्म पुगेका छन्। मन्त्रिपरिषदले तीनजना मध्येबाट एकजनालाई कार्यकारी निर्देशक बनाउने छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा तीनजनालाई सिफारिस गरेको हो।