BIZMANDU
www.bizmandu.com

किनेको चार महिना नपुग्दै वायुसेवा निगमको नयाँ जहाज बिग्रियो, कतारमा २४७ यात्रु अलपत्र



काठमाडौँ। किनेको चलाउन थालेको चार महिना नपुग्दै नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान 'अन्नपूर्ण' मा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड भएको छ।

Tata
GBIME
Nepal Life

कतारको समय अनुसार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने सेड्युल रहेको विमानमा २४७ यात्रु थिए। 'चार घण्टा भइसक्दा पनि हामीलाई किन उडान ढिला भयो भन्ने बारे कुनै जानकारी दिइएको छैन', दोहाको विमानस्थलमा रहेका यात्रु प्रल्हादले बताए।

निगम स्रोतका अनुसार जहाजको ब्रेकमा समस्या आएको पाइलटले जनाएका छन् भने कतारका हवाई इन्जिनियरले भने इन्डिकेटरमै समस्या आएको बताएका छन्। अहिले कतारकै हवाई इन्जिनियरले विमानको जाँच गरिरहेको र मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको छ।

विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट गएको असार १४ गते विमान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। वायुसेवा निगमले दुई वटा वाइड बडी विमान किनेको बताए पनि अन्तर्राष्ट्रिय मिडियाले भने यी विमान पोर्चुगिज कम्पनी हाइ फ्लाइबाट लिजमा लिएको लेख्ने गरेका छन्।