BIZMANDU
www.bizmandu.com

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना


पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना
पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना


काठमाडौं। सरकारले नेपाल पर्यटन वर्ष २०२०को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ। उनको कार्यकाल तीन वर्षको हुनेछ।

Tata
GBIME
Nepal Life

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो। वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्।

उनकै पालामा मलेसियाका अहिलेका प्रधानमन्त्री मोहम्मद महाथिरलार्इ नेपाल ल्याएका थिए। सार्क चेम्बर अफ कमर्शको अध्यक्ष हुँदा नेपालमा सार्क कन्क्लेभ समेत गरेका थिए। अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्वन्ध बनाउन उनी सफल मानिन्छन्। उनले पर्यटकसँगै लगानी भित्र्याउनुपर्ने बताउँछन्।‘हामीले पर्यटकसँगै यो क्षेत्रमा लगानी समेत भित्र्याउनेगरि योजना अघि बढाउनुपर्छ’ उनले बिजमाण्डूसँग भने,’सन् २०१९मा पर्यटन लगानी सम्मेलन गर्ने र २०२०मा पर्यटन वर्ष मनाउँदा त्यसले मुलुकको अर्थतन्त्रको विस्तारलार्इ सघाउँछ।’

वैद्यज अर्गनाइजेशन टोयोटा गाडीको नेपालको अधिकृत बिक्रेता हो। यो वाहेक यो समूहले चिया र पोल्ट्री क्षेत्रमा लगानी छ। जर्ज मेसन युनिभर्सिटीबाट एमबिए गरेका सुरजले पाँच वर्ष अघि लगानी वर्षको ब्राण्डिङ र मार्केटिङ सभापतिको रुपमा काम गरिसकेका छन्। राष्ट्रिय संयोजकको प्रतिस्पर्धामा वैद्य वाहेक आरआर पाण्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रशिद्ध पाण्डे थिए।

राष्ट्रिय संयोजकले विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार, पूर्वाधार विकास लगायतको जिम्मेवारी रहन्छ। सरकारले पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।