BIZMANDU
www.bizmandu.com

पेट्रोलियम पाइपलाइन बिछ्याउने कामले पायो तीब्रता, ५ हजार ८८८ वटा रुख कटान गरिने

२०७५ कात्तिक २०

पेट्रोलियम पाइपलाइन बिछ्याउने कामले पायो तीब्रता, ५ हजार ८८८ वटा रुख कटान गरिने
पेट्रोलियम पाइपलाइन बिछ्याउने कामले पायो तीब्रता, ५ हजार ८८८ वटा रुख कटान गरिने


हेटौँडा। रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ। नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो।

Tata
GBIME
Nepal Life

रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए। 

नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए। रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ।  

आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ। रुख कटान हुनासाथ एक महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ। 

पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ। २०१८ अप्रिलबाट पाइपलाइन बिच्याउने काम शुरु भएको र अवरोध हटेकाले एक महीनामा पूरा हुने खनालको दाबी छ। पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपमा सो पाइपलाइन निर्माण भइरहेको छ। 

भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको इस्टिमेटअनुसार काम भइरहेको हो। उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ।