BIZMANDU
www.bizmandu.com

पूँजीगत लाभकरको विवाद टुङ्गियो, ऐन संशोधन गरि दीर्घकालिन समाधान गर्ने तयारी

२०७५ कात्तिक २३

काठमाडौं। अर्थमन्त्रालयले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने विषयलार्इ टुङ्ग्याएको छ। विवाद समाधानका लागि गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ। 

Tata
GBIME
Nepal Life

समितिले पूँजीगत लाभकरको विवादको विषयमा भारित औषत 'वेटेज एण्ड एभरेज' का आधारमा पूँजीगत लाभकर लगाउने निर्णय गरेको छ। समितिले कुनै एउटा मितिलार्इ आधार बनाएर त्यसै दिनको कारोबारको आधारमा लाभकर लगाउने प्रस्ताव गरेको हो। 

अर्थमन्त्रालय स्रोतका अनुसार समितिले मिति तय गरिसकेको तर केहि दिनमा नै त्यो मिति सार्वजनिक गर्ने छ। यसको लागि आवश्यक कानुन नै संसोधन गर्नु पर्ने हुन्छ। कानुन संसोधन भएसँगै समितिले मिति तय गरेर उक्त मितिका आधारमा पूँजीगत लाभकर लगाउने छ। 

स्रोतका अनुसार आयकर ऐन २०५८ को दफा ४८ लार्इ संसोधन गर्नु पर्ने हुन्छ। ऐनमा नै संसोधन गरिएपछि मात्रै यो विवाद दीर्घकालिन रुपमा टुङ्गिने छ। त्यसैले अर्थमन्त्रालय ऐनलार्इ नै संसोधन गर्ने पक्षमा छ। 

अध्ययन समितिकै प्रतिवेदनलार्इ मन्त्रालयले कार्यान्वयन गर्ने अर्थमन्त्रीले नेपाल स्टक एक्सचेन्जले स्वचालित अनलाइन प्रणालीको उद्घाटन कार्यक्रममा बताएका थिए। 

गत असार १७ गते राजस्व विभागले बोनस शेयर र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभकर असुल उपर गर्न निर्देशन दिएको थियो। यस निर्देशनसँगै लगानीकर्ता आन्दोलनमा उत्रिदा अर्थमन्त्रालय पछाडि हटेको थियो। यस विवादलार्इ सल्टाउन अर्थमन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको नेत्रृत्वमा अध्ययन समिति गठन गरेको थियो।