BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट र नबिल बैंक बिलेनियर क्लबमा, एनआइसीको नाफामा उत्साहजनक बृद्धि, कुन बैंकको कति?

२०७५ कात्तिक ३०

इन्भेष्टमेन्ट र नबिल बैंक बिलेनियर क्लबमा, एनआइसीको नाफामा उत्साहजनक बृद्धि, कुन बैंकको कति?
इन्भेष्टमेन्ट र नबिल बैंक बिलेनियर क्लबमा, एनआइसीको नाफामा उत्साहजनक बृद्धि, कुन बैंकको कति?


काठमाडौं। चालु बर्षको पहिलो तीन महिनामा बाणिज्य बैंकहरुले ४६ प्रतिशतले नाफा बढाएका छन्। यो नाफामा राष्ट्रिय बाणिज्य बैंकको हिस्सा छैन।

Tata
GBIME
Nepal Life

शुक्रबारसम्म वित्तीय विवरण सार्बजनिक गरेका २७ बैंकहरुले तीन महिनामै १३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेका हुन्। अघिल्लो बर्षको असोजमा नाफा ९ अर्ब ४७ करोड रुपैयाँ थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वाधिक नाफा गरेको छ। बैंकले एक अर्ब ५ करोड ४६ लाख नाफा गरेको हो। यसपछि नबिलले एक अर्ब ५ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। नबिललाई पच्छ्याउँदै नेपाल बैंकले ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ। यो करपछिको नाफा हो। एनआइसी एसियाले ७८ करोड रुपैयाँ नाफा गरेको छ।

सबैभन्दा कम नाफा सेञ्चुरीको छ। बैंकले २७ करोड ४० लाखा नाफा गरेको छ। एनबी बैंकको ३० करोड १९ लाख नाफा छ भने जनताको ३२ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ। नेपाल बैंकको नाफा बढि देखिए पनि करिव ६ प्रतिशतले घटेको छ।

 बैंक (रु हजारमा)   असोज २०७५   असोज २०७४   बैंक (रु हजारमा)   असोज २०७५   असोज २०७४ 
Nepal Investment      1,054,669           894,994  Global IME    535,845   392,963
Nabil      1,052,466           851,407  Siddhartha    525,075   366,918
 Nepal Bank        913,884        971,319  Sanima    518,871   392,488
NIC Asia          780,671           277,923 Nepal SBI    489,775    438,866
 Agriculture Dev        663,125        363,972 Nepal Credit & Commerce    469,138    251,496
Himalayan           649,659           410,113  Citizens    428,811   319,097
 Standard Chartered        634,135        500,205 Mega    404,572      81,819
 Everest        633,373        531,475 Bank of Kathmandu    386,825    224,046
 Prabhu        598,439        348,800  Machhapuchchre    371,692   250,391
Prime          581,929           399,936  Kumari    351,802   144,380
NMB          550,557           337,164 Sunrise    331,495    203,707
Janata          321,955           161,397 Century    274,003    133,802
Nepal Bangladesh          301,914           229,757