BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको फाइबरमा समस्या, पुरानो फाइबर काटेर नयाँ जडान गर्दै, जनशक्ति परिचालन

२०७५ मंसिर १६

नेपाल टेलिकमको फाइबरमा समस्या, पुरानो फाइबर काटेर नयाँ जडान गर्दै, जनशक्ति परिचालन
नेपाल टेलिकमको फाइबरमा समस्या, पुरानो फाइबर काटेर नयाँ जडान गर्दै, जनशक्ति परिचालन


काठमाडौं। आइतबार दिउँसो करिब दुई बजेदेखि नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड सेवामा फोन डायल गर्दा डायल टुन नआउने र फोन नलाग्ने समस्या देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल टेलिकमको फाइबरमा समस्या देखिएपछि दिउँसैदेखि भ्वाइस कलमा समस्या आएको टेलिकमका साहयक प्रवक्ता सोवन अधिकारीले जानकारी दिए। उनले पुरानो फाइबर काटेर नयाँ फाइबर जडान गरिने बताए।

'फाइबरमा समस्या देखिएपछि हामीले सुन्धारास्थित नयाँ फाइबर परिवर्तन गरेका छौँ। कुन स्थानमा फाइबर काटिएको भन्ने यकिन भइसकेको छ। प्राविधीक जनशक्ति परिचालन भइसकेको छ। यो समस्याको समाधान छिट्टै हुनेछ' उनले भने।