काठमाडौं। आइएमइ समूहद्वारा प्रबर्द्धित आइएमइ डिजिटल र सिभिल बैंबीच आइएमइ पे मोबाइल मनिमार्फत वित्तीय सेवा उपलब्ध गराउनका लागि समझदारी भएको छ।
सम्झौतापत्रमा आइएमइ डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंक अब आइएमइ डिजिटलको बैंकिङ साझेदार हुने छ। बैंकका सेवाग्राहीले चाँडै नै आइएमइ पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्न पाउने छन्। बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न पाउने छन्।
बैंकका ग्राहकले आइएमइ पेमा उपलब्ध रिचार्ज, मनि ट्रान्सफरलगायतका सुविधा प्रयोग गर्न पाउने छन्।