BIZMANDU
www.bizmandu.com

‘अर्थमन्त्रीले शेयरलाई अनुत्पादक भनेर निरुत्साहित गर्नुभयो, डा. महतको अन्तर्बार्ता

२०७५ मंसिर १९

‘अर्थमन्त्रीले शेयरलाई अनुत्पादक भनेर निरुत्साहित गर्नुभयो, डा. महतको अन्तर्बार्ता
‘अर्थमन्त्रीले शेयरलाई अनुत्पादक भनेर निरुत्साहित गर्नुभयो, डा. महतको अन्तर्बार्ता

सन् १९९० को दशकमा हामीले धेरै आर्थिक सुधारका कामहरु गरेका थियौँ। त्यसले लगानीको वातावरण बन्यो। ९० को दशकको १० वर्षमा नेपालको निर्यात-आयात अनुपात ५० प्रतिशत थियो। अहिले ६ प्रतिशतमा सिमित छ।  कूल गार्हस्थ उत्पादनमा उत्पादन क्षेत्रको योगदान १० प्रतिशत थियो अहिले पाँच प्रतिशत छ। त्यसखबत लगानी आकर्षण गर्न कानुन बनाइयो। सरकार निजी क्षेत्रमैत्री थियो। त्यसले लगानीका लागि आश्वस्त पार्न सक्यो। 
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले टिप्पणी गरे, 'मध्यम वर्गले शेयरबाट ५ खर्ब गुमाउँदा सरकार मौन छ, प्रतिपक्षी बोल्दैन।' पछिल्लो तीन वर्षमा लगानीकर्ताले साढे ५ खर्ब रुपैयाँ पूँजी बजारमा गुमाएको प्रसंगमा गोल्छाले मूख खोलेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाको निरन्तरको 'इग्नोर'को मार पूँजी बजारका साधारण लगानीकर्ताले खेपिरहेका छन्। पूँजी निर्माणको साधन धितोपत्र बजार निरन्तर घटिरहँदा सरकारले १५ लाख लगानीकर्ता र उनीहरुको १३ खर्ब रुपैयाँको भविष्य संकटमा छ। यसै प्रसंगमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई बिजमाण्डूका सविन मिश्रअरुण सापकोटाले सोधे: पछिल्लो तीन वर्षमा शेयर बजारका लगानीकर्ताले ५ खर्ब रुपैयाँ गुमाएका छन्। यसका कारण केके देख्नुहुन्छ?
पहिलो कुरा लगानीका लागि राम्रो वातारण हुनुपर्छ। अहिले हाम्रोमा लगानीको वातावरण बिग्रियो। नेपालको पूँजी बजारमा 'स्पेकुलेसन'का आधारमा भाउ पनि बढाइएका छन्। सूचीकृत कम्पनीहरुले बोनस शेयर, हकप्रद शेयरमार्फत बजारमा पूँजी वृद्धिका लागि उपकरण प्रयोग गरिरहेका हुन्छन्। त्यस अवस्थामा शेयर केही घट्नुपर्ने हो। तर त्यही अनुपातमा मूल्य बढ्छ भनेर किन्नेहरु पनि छन्। त्यसले मूल्य आकासिने प्रवृत्ति पनि छ। तर त्यसको वास्तविकतामा आइसकेपछि केही कम पनि हुन्छ। 

Tata
GBIME
Nepal Life

तर मूल कुरा के हो भने नेपालमा राजनीतिक माहौल जसरी बनिरहेको छ, प्रशासन संयन्त्र तयार गरिएको छ, तिनीहरु लगानीमैत्री छैनन्। खासगरी अहिलेको सरकार आएपछि मात्रै शेयर बजार करिब २५ प्रतिशतले घटेको छ। त्यो अवस्था भनेको गम्भीर हो। पाँच वर्षका लागि निर्वाचित सरकार बनेको छ भनेपछि त्यसले लगानीकर्तामा जसरी विश्वास जगाउन सक्नु पर्ने थियो, त्यो सकेन। किनभने सरकारप्रति लगानीकर्ताको विश्वास भएन। 

नेपालमा लगानीको वातावरण बिग्रिएको विषय अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि देखाएका छन्। विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस रिपोर्टमा नेपाल १०५ औँ स्थानबाट ११० औँ स्थानमा खस्किएको उल्लेख छ। त्यो पनि एउटा प्रमाण हो। अहिले पनि उद्योगी/व्यवसायी पनि आतंकित भइरहेको अवस्था छ।

तपाईंले भन्नु भएजस्तै नेपालमा लामो समयपछि स्थीर सरकार बनेको छ। सरकारले लगानीका लागि आव्हान पनि गरिरहेको छ। तर पनि लगानीकर्तामा उत्साह छैन। समस्या के देख्नुहुन्छ?
मुख्यत: मौखिकरुपमा उहाँहरु अहिले पनि लगानी भित्र्याउने कुरा गरिरहनु भएको छ। विदेशमा जाँदा पनि लगानीकर्तालाई बोलाएर नेपालमा लगानी गर्न आउनुस् भनेर भनिरहेका छन्। कुनै पनि देशका मन्त्री/राजदूतलाई भेट्ने बित्तिकै लगानी गर्न आउनुस् भनिरहनु भएको छ। तर मुखले मात्रै भनेर भएन। व्यवहारमा त्यो कुरा व्यवहार र सत्तामा बस्नेहरुको आइडियोलोजीमा ट्रान्सलेट हुनुपर्छ। प्रशासनले निजी क्षेत्रमैत्री व्यवहार देखाउनु सक्नुपर्छ। बोलीमा मात्रै होइन, व्यवहारमा ती विषय उतारिनुपर्छ। यो कुरा हामीले देखेका छैनौँ।

गृहमन्त्रीले तर्साइरहेका छन्। मान्छे थुनिदिन्छु भन्छन्। व्यवसायीले कानुन मिचेको भए कानुनी दायरामा ल्याउनुपर्छ। बिजनेसम्यान हुने बित्तिकै कानुनबाट पनि छुट पाउनुपर्छ भन्ने त छैन। गृहमन्त्रीले तर्साउने होइन। काम गर्ने वातावरण दिने हो। कसैले गैरकानुनी काम गर्न खोज्छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ। तर कानुनबमोजिमका काम गर्न कुनै बाधा सिर्जना गर्नु हुँदैन। 

अहिले पूँजी बजारका ठुला लगानीकर्ता तथा अन्य क्षेत्रका व्यवसायीले पनि सरकारको कार्यशैलीको आलोचनाको साथसाथै तपाईं प्रतिपक्षीको भूमिका पनि भएन भन्न थालेका छन्। तपाईंहरु पनि किन यति कमजोर हुनुभएको?
हाम्रो आकार नै सानो छ। संसदमा हाम्रो आकार घटेर पहिले जति बलियो थियो अहिले त्यो अवस्था छैन। नेतृत्वमा पनि कमीकमजोरी छन्। संसदमा भएकाले संसदमा बोलेका छन्। नेतृत्वले जसरी बोल्न सक्नुपर्ने थियो त्यो नभएको सत्य हो। हाम्रो नेतृत्वबाट सशक्त भूमिका आएन भन्ने गुनासो छ। 

तपाईं आफैँ पनि यो क्षेत्रमा प्रभाव पार्न सक्ने मध्ये एक हुनुहुन्छ। तपाईं पनि किन मौन देखिनुहुन्छ?
होइन, मैले कतिपय सन्दर्भमा बोलेको छु। लगानीकर्ताको बीचमा गएर पनि मैले आफ्ना धारणा राखेको छु। मैले बोल्दा २/४ दिन शेयर बजारमा सुधार भएको थियो। मैले पटकपटक भनेको छु, बजार गिर्योम भनेर लगानीकर्ताले चिन्ता लिने होइन। शेयर किन्ने भनेकै घटेको समयमा हो। मैले त्यति भनिदिँदा बजारमा सुधार देखिएको थियो। मैले सबै कारणहरु बताएको छु। सधैँ यही अवस्था रहँदैन भनेर भनेको छु। आतंकित हुने र त्रसित हुनु हुँदैन भनेर भनेको छु। तर मूल कुरा मैले अघि पनि भनेँ, सरकारले वातावरण बनाउनु पर्छ। सरकारमा बस्नेले विश्वास दिलाउनुपर्छ। 
अहिले बजार निरन्तर घट्दो क्रममा छ। यस्तो अवस्थामा गर्न सकिने कुरा के हो?

बजारमा जहिले पनि 'मार्केट मेकर्स' आवश्यक हुन्छ। यसको मूल काम बजारमा स्थिरता ल्याउने नै हो। बजारमा देखिन सक्ने 'स्पेकुलेटिभ टेन्डेन्सी'लाई मोडरेट गर्न 'मार्केट मेकर्स' चाहिन्छ। जुन बखतमा शेयर बजार ह्वात्तै बढ्छ त्यतिबेला शेयर आपूर्ति बढाइदिने र जुन बखत बजारमा ठुलो गिरावट देखिन्छ शेयर किनिदिने उसको मुख्य दायित्व हो। यसले बजार उच्च वृद्धि र गिरावट दुवै हुनबाट जोगिन्छ। बजार त माग र आपूर्तिको चक्रमा हिँडेको हुन्छ। माग बढ्दा भाउ बढ्छ माग घट्दा भाउ घट्छ। त्यसकारण बजार आकासिन वा झर्नबाट जोगाउने संरचना चाहिन्छ। 

जसले 'मार्केट मेकर्स'को भूमिका खेल्नुपर्ने हो उनीहरुले खेल्न सकिराखेका छैनन्। उदाहरणका लागि संचय कोषलाई 'मार्केट मेकर्स'का रुपमा अघि बढाउनु पर्ने थियो। नागरिक लगानी कोष र म्युचुअल फण्डले पनि त्यो भूमिका खेल्नुपर्ने थियो। ती सबै सरकारकै लगानीमा छन्। त्यसकारण पनि बजारमा केही समस्या देखिएको हो। 

गृहमन्त्रीले तर्साइरहेका छन्। मान्छे थुनिदिन्छु भन्छन्। व्यवसायीले कानुन मिचेको भए कानुनी दायरामा ल्याउनुपर्छ। बिजनेसम्यान हुने बित्तिकै कानुनबाट पनि छुट पाउनुपर्छ भन्ने त छैन। गृहमन्त्रीले तर्साउने होइन। काम गर्ने वातावरण दिने हो। कसैले गैरकानुनी काम गर्न खोज्छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ। तर कानुनबमोजिमका काम गर्न कुनै बाधा सिर्जना गर्नु हुँदैन। 
तपाईं आफैँ धेरै पटक अर्थमन्त्री हुनुभयो। तपाईंका बोली पनि लगानीकर्ताले नियालेका हुन्थे। तपाईं त्यो कुर्सीको भूमिकालाई कसरी ब्याख्या गर्नुहुन्छ?
नेतृत्वमा बस्नेहरुका कारणले बजारमा विश्वास देखिएन। पहिले बाबुराम भट्टराईले जुवाघर भनिदिँदा बजार 'क्रयास' भयो। लगानीकर्ता उठ्नै सकेनन्। त्यसपछि वर्तमान अर्थमन्त्रीले पनि यसलाई अनुत्पादक लगानी भन्नुभयो जुन सरासर गलत हो। यो अनुत्पादक हुँदै होइन। उद्योगमा लगानी एउटाले मात्रै गर्ने होइन। लगानी गर्न पूँजी चाहिन्छ त्यसैका लागि प्राथमिक शेयरमार्फत बजारमा जाने हो। पूँजी बजारले नै लगानीका लागि रकम निर्माण गर्छ। 'स्पेकुलेटिभ टेन्डेन्सी'लाई नियन्त्रण गर्नुपर्छ यो कुरा सही हो। त्यसले अनुत्पादकत्व बढाउँछ। तर बजारलाई नै अनुत्पादक भन्नु गलत हो। त्यसले पनि लगानीकर्ता निरुत्साहित भए। 

सरकारले लगानीका लागि आव्हान गरिरहेको छ। अर्थमन्त्री पनि विभिन्न मञ्चहरुमा लगानीका लागि आव्हान गरिरहनु भएको छ। तर लगानीकर्ता सन्तुष्ट हुन सकेनन्। कहाँ समस्या देख्नुहुन्छ?
काम गरेर देखाउन सक्नुपर्छ। बोलेर मात्रै हुँदैन। अहिलेका पर्यटनमन्त्रीले १७ वटा ठुला जहाज पाँच वर्षमा किन्छु भनेको सुनेँ। आन्तरिक उडानका लागि थप २० वटा जहाज किन्ने भन्नुभएको थियो। मैले तुरुन्त ट्विट पनि गरेँ। भएको जहाज व्यवस्थापन भएको छैन। यिनीहरुले वार्षिक बचत कति गरेका छन्? वार्षिक आय कति छन्? त्यसको विश्लेषण गर्नुपर्छ। ल्याइएका जहाज उडाउँदा महिनामा ३१ करोड घाटा भएको छ। सरकारका व्यक्तिहरु सबै त्यस्तै छन्। तीन वर्षमा रेल ल्याउने भन्थे अहिले पाँच हुँदै आठ वर्षमा ल्याउने भनिरहेका छन्। प्राविधिक अध्ययन, आर्थिक अध्ययन भएको छैन। त्यसै ल्याउने भनेर हुँदैन। 

सन् १९९० को दशकमा हामीले धेरै आर्थिक सुधारका कामहरु गरेका थियौँ। त्यसले लगानीको वातावरण बन्यो। ९० को दशकको १० वर्षमा नेपालको निर्यात-आयात अनुपात ५० प्रतिशत थियो। अहिले ६ प्रतिशतमा सिमित छ।  कूल गार्हस्थ उत्पादनमा उत्पादन क्षेत्रको योगदान १० प्रतिशत थियो अहिले पाँच प्रतिशत छ। त्यसखबत लगानी आकर्षण गर्न कानुन बनाइयो। सरकार निजी क्षेत्रमैत्री थियो। त्यसले लगानीका लागि आश्वस्त पार्न सक्यो।