BIZMANDU
www.bizmandu.com

साञ्जेन जलविद्युतको शेयर निष्कासनमा एनएमबी र सनराइज क्यापिटल सहबिक्री प्रबन्धक

२०७५ मंसिर २०

साञ्जेन जलविद्युतको शेयर निष्कासनमा एनएमबी र सनराइज क्यापिटल सहबिक्री प्रबन्धक
साञ्जेन जलविद्युतको शेयर निष्कासनमा एनएमबी र सनराइज क्यापिटल सहबिक्री प्रबन्धक


काठमाडौं। सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

बिहीबार कोषमा भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा  सन्राईज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन्।

दोस्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार  कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको हो।