BIZMANDU
www.bizmandu.com

केरुङ-काठमाडौं रेलमार्ग : चिनियाँ सरकारी टोली आइतबार आउँदै, तीन खर्ब रुपैयाँ कसरी जुटाउने?

२०७५ मंसिर २१

केरुङ-काठमाडौं रेलमार्ग : चिनियाँ सरकारी टोली आइतबार आउँदै, तीन खर्ब रुपैयाँ कसरी जुटाउने?
केरुङ-काठमाडौं रेलमार्ग : चिनियाँ सरकारी टोली आइतबार आउँदै, तीन खर्ब रुपैयाँ कसरी जुटाउने?


काठमाडौं।केरुङ-काठमाडौं रेलमार्ग निर्माणको विषयमा छलफल गर्न चिनियाँ टोली आइतबार काठमाडौं आउने भएको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ रेल्वे एडमिस्ट्रेसनका उपप्रमुख सहितको टोली छलफलका लागि आउन लागेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए। उनका अनुसार सोमबार केरुङ-काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललार्इ हस्तान्तरण गर्नेछन् भने रेलमार्ग निर्माणका विषयमा छलफल हुनेछ।

नेपाल र चीनका वीचमा द्धिपक्षीय सम्झौंता भएर चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदन नेपाल सरकारलार्इ हस्तान्तरण गर्न लागेको हो। चिनियाँ कम्पनी चाइना रेल्वे फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले सम्भाव्यता अध्ययन गरेको हो। एक साता स्थलगत अध्ययन गरि तीन महिना लगाएर रिपोर्ट तयार पारेको हो।

शर्माका अनुसार प्रतिवेदन तयार पारेपछि नेपाली अधिकारीहरुलार्इ समेत राखेर सियानमा प्रतिवेदनमाथि तीन दिनसम्म छलफल भएको थियो। नेपाली पक्षले उक्त रिपोर्टमा केही सुधार गर्नका लागि सुझाव दिएका थिए। सोही सुझाव समेत राखेर तयार पारिएको प्रतिवेदन चीनले नेपाललार्इ हस्तान्तरण गर्न लागेको शर्माले जानकारी दिए।

सियानमा भएको द्धिपक्षीय छलफलमा नोभेम्बरमा काठमाडौं पुन छलफल गर्ने समझदारी बनेको थियो। सोही समझदारी अनुसार छलफल हुन लागेको हो। सहसचिव शर्माका अनुसार काठमाडौंमा हुने यो छलफलमा नेपालले रेलमार्ग निर्माण सम्वन्धी स्पष्ट धारणा राख्नेछ। नेपालले भने डिटेल फिजिविलिटी स्टडी(डिएफएस) गरिदिन प्रस्ताव राख्नेछ।

 डिएफएसले लगानी एकिन गरेपछि लगानी मोडलको टुंगो लगाइने छ।नेपालले द्धिपक्षीय छलफलका क्रममा अनुदान सहयोगमा बनाइदिन प्रस्ताव गरिसकेको छ।तर चीनले सहुलियत ऋण सहयोगमा बनाइदिने बताउँदै आएको छ।

चिनियाँ कम्पनीले तयार पारेको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार केरुङ-काठमाडौं रेलमार्ग करिव ७२ किलोमिटरको हुनेछ।जसमा ४ वटा स्टेशन रहनेछ भने सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ।९९ प्रतिशत रेलमार्ग सुरुङमार्ग र पुलमाथि निर्माण हुनेछन्। यो रेलमार्ग निर्माण गर्न ३ खर्ब लाग्ने अनुमान गरिएको छ।निर्माण अबधी ९ बर्ष लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।