BIZMANDU
www.bizmandu.com

विश्व नागरिक उड्डयन दिवसमा प्रभातफेरि, मन्त्रीले भने- नेपाल छिट्टै इयूको कालोसूचीबाट हट्छ

२०७५ मंसिर २१


काठमाडौं। विश्व अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस  मनाइएको छ। विहान सिनामंगलदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलसम्म भएको प्रभातफेरिमा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले  उड्डयन क्षेत्रमा आवद्ध सबैलाई शुभकामना दिए।

Tata
GBIME
Nepal Life

नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उड्डयन क्षेत्रमा काम गर्नु गौरवको कुरा हो भन्दै ‘कर्मचारीलाई प्रोफेसनल भएर काम गर्न आग्रह गरे।'

आइकाओको ‘सबै मुलुक सँगसँगै हिँडौँ’ भन्ने नारालाई आत्मसाथ गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ। उनले भने,'सबै मुलुक आइकाओको मापदण्ड अनुसारकै स्तरमा हुनुपर्छ। हामी पछाडि भए आफ्नो क्षमता विस्तारमा दत्त चित्त भएर लाग्नु पर्छ।'

नेपालको उड्डयन क्षेत्रलाई आइकाओले सुरक्षा सूचीबाट हटाएकोमा धन्यवाद दिँदै उनले अब यूरोपियन युनियनले पनि कालो सूचीबाट हटाउने विश्वास ब्यक्त गरे।

उनका अनुसार आइकाओले सुरक्षा सूचीबाट हटाएपछि इयुले कालो सूचीमा राख्नुको कुनै औचित्य छैन। उनले यसकालागि काम र कुटनीतिक पहल दुबै गरी अघि बढ्ने  समेत बताए।

मन्त्री अधिकारीले उड्डयन क्षमता विस्तारका लागि सेना, प्रहरी, शसस्त्र प्रहरी, भन्सार, अध्यागमन, सेवा प्रदायक लगायत उड्डयन क्षेत्रमा सम्वन्धित निकायलाई प्रभावकारी रुपमा अघि बढ्न निर्देशन समेत दिए।

कार्यक्रममा पर्यटन सचिव कृष्ण प्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, हवाई सेवा प्रदायकका उच्च पदाधिकारी लगायतको सहभागिता थियो।