BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीले बैंकिङ ‘गुरु’ भनेका बिकेले पढाए एनपिए, ‘घाटा भएर डुबिदैँन एनपिएले डुबिन्छ’

२०७५ मंसिर २१

अर्थमन्त्रीले बैंकिङ ‘गुरु’ भनेका बिकेले पढाए एनपिए, ‘घाटा भएर डुबिदैँन एनपिएले डुबिन्छ’
अर्थमन्त्रीले बैंकिङ ‘गुरु’ भनेका बिकेले पढाए एनपिए, ‘घाटा भएर डुबिदैँन एनपिएले डुबिन्छ’

काठमाडौं। एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ नेपालमा बिरलै भेटिन्छन्। नेपालमा भइहाले पनि सार्बजनिक समारोहहरुमा उनी भेटिन्नन्। 

Tata
GBIME
Nepal Life

उनी धेरै समय भारतमै बस्छन्। उनको उता पनि ब्यापार ब्यवसाय छ। ९० बर्ष उमेर पार गरिसकेका श्रेष्ठको जाँगर भने कम छैन। २५ बर्षदेखि एकलौटी एभरेष्ट बैंकको अध्यक्ष चलाएका उनले चाहेको दिशामा मात्र बैंक अगाडि बढ्ने गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडा त उनलाई बैंकिङ क्षेत्रको गुरु नै मान्छन्। उनले बिहीबार बैंकर्स संघको साधारणसभामा बिके श्रेष्ठलाई सम्मान गरेपछि भने, बिकेजी बैंकिङ क्षेत्रको गुरु नै हो। उहाँसँग इतिहास छ।

उनी नेपाल आएका बेला अधिकांस समय बैंकमै बिताउँछन्। यदाकदा अर्थमन्त्रालय, अन्य सरोकारवाला निकाय र राष्ट्र बैंकका अधिकारीहरुसँग भेट्छन्। उनी राष्ट्र बैंक नगएको पनि धेरै भइसकेको रहेछ।

बैंकर्स संघको एजिएममा उनले गभर्नर डा. चिरञ्जिबी नेपाललाई भने, हजुरको अफिसमा पनि लिफ्ट चल्न थालेछ अब मलाई सजिलो हुने भयो।

९० बर्ष पार गरिसकेका बिके लौरोको साहारामा हिँड्छन्। त्यसैले भर्याङ चढ्न उनलाई गाह्रो हुन्छ। राष्ट्र बैंकले बर्षौअघि लिफ्ट राखे पनि सञ्चालनमा भने थिएन। गभर्नर नेपालले बिकेलाई प्रतिकृया दिए, हो नि तपाईहरुका लागि नै बल्ल चलाउन थालियो।

बिकेले आफूलाई सम्मान गरिसकेका पछि नाफामूखि हुँदै गएका बैंकरहरुलाई एउटा मन्त्र पनि सिकाए। उनले भने, बैंकहरु घाटा भएर डुब्दैनन्। खराब कर्जा बढ्यो भने चै डुब्छन्।

उनले खराब कर्जाका बारेमा थोरै चर्चामा पनि गरे। उनले भने, एनपिएको बारेमा बुझ्न जरुरी छ बैंकका साथीहरुले। म अमेरिकाको हार्वर्ड युनिभर्सिटी पढ्दाखेरी बैंकिङको एक जनाले विद्वानले भनेको कुरा आजसम्म मैले बिर्षिएको छैन। बैंकहरु भनेको परिभाषामा नाफा कमाउने संस्था हो। निक्षेपभन्दा तल कसैले ऋण दिने होइन। ऋण आफ्नो लागतभन्दा माथि दिने हो। बैंकहरु घाटा भएर कहिले पनि डुब्दैन। तर एनपिए बढ्यो भने डुब्छन्। 

उनले नेपाल बैंकको उदाहरणसमेत दिए। 'अहिले नेपाल बैंकले राम्रो कमाइ गरिरहेको छ। तर खराव कर्जाको अवस्थामा सुधार आएको छैन,' उनले भने, 'मैले एभरेष्ट बैंकमा खराब कर्जामा ध्यान दिएको छु। दुई वटा ऋण बिग्रिएका छन्। ती पनि उठ्छन्। त्यसपछि खराब कर्जा जिरो हुन्छ।' उनले नाफा सँगसँगै खराव कर्जा हेर्न समेत बैंकहरुलाई सुझाब दिए।