BIZMANDU
www.bizmandu.com

ब्याज बढाउने प्रतिस्पर्धामा सेञ्चुरी बैंक पनि, कुमारी बैंकको बराबर नै १३% पुर्यायो निक्षेप

२०७५ मंसिर २१

ब्याज बढाउने प्रतिस्पर्धामा सेञ्चुरी बैंक पनि, कुमारी बैंकको बराबर नै १३% पुर्यायो निक्षेप
ब्याज बढाउने प्रतिस्पर्धामा सेञ्चुरी बैंक पनि, कुमारी बैंकको बराबर नै १३% पुर्यायो निक्षेप


काठमाडौं। ब्याज बढाउने बैंकको सुचीमा सेञ्चुरी कमर्सियल बैंक पनि थपिएको छ। बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

यसअघि कुमारी बैंकले ब्याज १३ प्रतिशत पुर्याएको थियो। बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि ब्यक्तिगत मुद्दतिको ब्याज जनता बैंकले बढाएको थियो। बैंकले १२ प्रतिशत पुर्याएको अर्को दिन माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको थियो। 

बैंकले ६ महिनादेखि २ बर्षसम्मको लागि १३ प्रतिशत र एक महिनादेखि २ बर्षसम्मको लागि १२ प्रतिशत दिने गरी स्किम ल्याएको छ।