BIZMANDU
www.bizmandu.com

सञ्चालनमा आएको २० महिनामै २० लाखले अवलोकन गरे शाश्वतधाम, हेटौँडाकी आचार्य सम्मानित

२०७५ मंसिर २१

सञ्चालनमा आएको २० महिनामै २० लाखले अवलोकन गरे शाश्वतधाम, हेटौँडाकी आचार्य सम्मानित
सञ्चालनमा आएको २० महिनामै २० लाखले अवलोकन गरे शाश्वतधाम, हेटौँडाकी आचार्य सम्मानित

काठमाडौं। नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधामको २० लाख भक्तजनले अवलोकन गरेका छन्। संचालनमा आएको २० महिनामा २० लाख भक्तजन शाश्वतधाम पुगेका हुन्। 

Tata
GBIME
Nepal Life

सरकारले बेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ। मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ वर्षीया वृद्धा लोकलक्ष्मी आचार्य २० लाख औं दर्शनार्थीका रुपमा शाश्वतधाम प्रवेश गरेकी थिइन् । उनलाई शाश्वतधामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ। 

पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका थिए । नेपाली कला, सँस्कृति एवं सनातन धर्मको प्रवद्र्धन गर्न शाश्वतधाम निर्माण गरिएको हो।

शाश्वतधाममार्फत् आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको जनाइएको छ । 

‘हामी शाश्वतधाममा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ,’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वतधामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामीशाश्वतधाममाथप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ।’