BIZMANDU
www.bizmandu.com

चिनियाँ कम्पनीहरुले हुवावेको मोबाइल किन्न कर्मचारीलाई नगद दिन थाले, आइफोन किने सजाय हुने

२०७५ पुष १५


सांघाइ। चीनका कम्पनीहरुले आफ्ना कामदारलाई हुवावेका स्मार्टफोन किन्न प्रोत्साहित गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

कैयन् कम्पनीहरुले हुवावेको फोन किन्नकैलागि कामदारलाई नगद सहयोग समेत दिइरहेको छ। यस्तैमा केही कम्पनीहरुले भने आइफोन खरिद गरेमा जरिवाना गर्ने चेतावनी समेत दिइरहेका छन्।

अमेरिकाको अनुरोधमा क्यानडा भ्रमणमा रहेकी हुवावेकी उच्च अधिकारी पक्राउ परेपछि चीनका कम्पनीहरुले हुवावेको समर्थनमा  यस्तो अभियान थालेका हुन्।

पूर्वी चीनको फुचुङ टेक्नोनोजीका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरुलाई हुवावेको फोन किन्दा १ सय देखि ५ सय युआनसम्म सब्सिडी दिइएको थियो। २ सय कामदारमध्ये ६० जनाले हुवावेको मोबाइल किनिसकेको पनि कम्पनीले जनाएको छ।

यसैगरी चेंग्दु आरवाईडी इन्फरमेसन टेक्नोलोजीले हुवावेको मोबाइल खरिदमा १५ प्रतिशत नगद सहयोग दिने जनाएको छ। 'हामी चीनमा बनेका राम्रा उत्पादनको समर्थन गर्छौं'-कम्पनीका प्रवक्ताले भने ' कर्मचारीलाई नगद सहयोग कम्पनीले आफ्नो तर्फबाट गरेको हो। यसमा सरकारको कुनै निर्देशन  छैन।'

सान्जेनको म्यानप्याड कम्पनीले भने आइफोन किन्दा जरिवाना गर्ने चेतावनी दिएको छ।

हुवावेकी प्रमुख बित्तीय अधिकारी मेङ्ग वानझाउको पक्राउपछि चीनमा हुवावे कम्पनीको समर्थनमा यस्तो पहल सुरु भएको हो।