BIZMANDU
www.bizmandu.com

मुकेश अम्बानी पैसा कमाउन के गर्छन्?, जियो टेलिकमका सेवा पहिले सित्तैमा, अब लिँदैछन् यस्तो रणनीति

२०७५ पुष १८


नयाँ दिल्ली। भारतका सबैभन्दा धनी मुकेश अम्बानीले भारतीय दूरसंचार क्षेत्रमा ३६ अर्ब डलरभन्दा बढी खर्च गरेका छन्। उनले आफ्नो टेलिकम कम्पनी रिलायन्स जियो मार्फत एकदम कम मूल्यमा फोर जि इन्टरनेट डाटा उपलब्ध गराएर जियोलाई लोकप्रिय बनाउने नीति लिए।  
जियोले अझैपनि कैयन् एप तथा सेवाहरु निशुल्क दिइरहेको छ। ग्राहकको संख्या बढाउनकालागि कम्पनीले सित्तैम सेवा दिने नीति लिएको थियो। सन् २०१९ का लागि पनि कम्पनीले बिभिन्न किसिमका लोभ्याउने कार्यक्रम त गर्ने छ तर  सँधै निशुल्क सेवा दिइरहला?

Tata
GBIME
Nepal Life

अम्बानीले  कमाइका लागि नयाँ तरिका अपनाउने विश्लेषकहरुले बताएका छन्। कमाउने योजना स्वरुप कम्पनीले चारवटा सि अर्थात् कनेक्टिभिटी, क्यारेज, कन्टेन्ट तथा कमर्स योजना अन्तर्गत काम गर्ने छ।

कनेक्टिभिटी अन्तर्गत मुकेश अम्बानीले लिने रिटेल प्लानले  यस वर्ष भारतको उद्योग जगतकै रणनीतिलाई बदल्नेछ। उनको अनलाइन तथा अफलाइन रिटेल प्लान कसरी अघि बढ्छ भन्ने तर्फ उद्योग जगतले ब्यग्रताकासाथ हेरिरहेका छन्। किनभने  भारतमा इ- कमर्स सेक्टरले आगामी फेब्रुअरीदेखि नयाँ नियमहरु पालना गर्नुपर्नेछ ।

नयाँ नियम अन्तर्गत  इ कमर्स सेक्टरमा  प्रत्यक्ष बैदेशिक लगानीको विषयमा थप कडाइ अपनाइएको छ। मुकेशले अब लिने रणनीति अनुसार नै भारतीय उद्योग जगतले पनि नयाँ धार समाउने विश्लेषण भैरहेको छ।

जीयोले जीगा फाइबर नेटवर्कको काम सम्पन्न गरी  डाटा खपतमा ८० प्रतिशत बजार कब्जा गर्ने लक्ष्य राखेको छ। यसकालागि जियोले आफ्ना टेलिकम आर्किटेक्चरलाई घर घर पुर्याउने लक्ष्य लिएको छ। कम्पनीले हाथवे तथा डेन नेटवर्क्स जस्ता दुई ठूला कम्पनी अक्वायर पनि गरिसकेको छ जसमार्फत टेलिकम आर्किटेक्चरको काम अघि बढ्नेछ।

घर घरमा पहुँच पुर्याउँदा नेटवर्कमा कन्टेट पनि पर्याप्त हुनु जरुरी छ। यसकालागि जियोले सपिङ, मिडिया कम्पनीहरुसँगको साझेदारी, स्पोर्ट फ्रेन्चाइजी, अनलाइन म्युजिक तथा भिडियो स्ट्रिमिङ सेवाका स्टार्टअपहरु पनि सुरु गरेको छ।

जियोले आफ्नो नेटवर्कबाट सर्वसाधारणको ठूलो संजाल बनाइसकेको छ जसबाट पैसा कमाउनकालागि मुकेश अम्बानीले यो प्लेटफर्ममा ब्यापार सुरु गर्नेछन्। यसमा थप लगानी गरेर उनले देशकै सबैभन्दा ठूलो ब्यापारिक प्लेटफर्म बनाउनेछन् जसमा फेसन, खाना, बिद्तीय उपकरण तथा बित्तीय सेवाका साथसाथै बिज्ञापनको सेवा पनि उपलब्ध हुनेछ।

जब सित्तैमा दिने रणनीति समाप्त हुनेछ तब उपभोक्ताले 'हाइ इन्ड' ब्रोडब्यान्ड कनेक्सनकालागि धेरै मूल्य तिर्नुपर्ने हुन सक्छ।

आफ्नो स्थापनाकालमा जियोले विश्वका अन्य कुनै पनि सेवा प्रदायकलेभन्दा धेरै डाटा दिएको थियो। त्यसैकारण भारतले गुगल प्ले स्टोरमा एप डाउनलोड गर्दा अमेरिकालाई पनि उछिन्यो।

जियोको सिमकार्ड भएमा मात्रै डाउनलोड गर्न मिल्ने गरी १३ किसिमका मल्टिमिडिया एप जियोले गुगल प्लेस्टोरमा लन्च गरेक थियो।

सन् २०१६ को सेप्टेम्बरमा जब जियो लन्च भयो त्यस बेला प्रति युजर मासिक डाटा ट्राफिक ५७० प्रतिशतभन्दा बढी पुगेको थियो।

गत सेप्टेम्बरसम्मको तथ्यांक अनुसार जियो भारतको तेस्रो र विश्वकै नवौं ठूलो मोबाइल सेवा प्रदायक हो। यसका २५ करोड २२ लाख ५२ हजार भन्दा बढी ग्राहक रहेका छन्।