BIZMANDU
www.bizmandu.com

भारतीय सञ्चार माध्यम भन्छन्, १०० माथिका भारु चलाउन राष्ट्र बैंकले आरबिआइलाई पत्र लेख्यो 

२०७५ पुष २४

भारतीय सञ्चार माध्यम भन्छन्, १०० माथिका भारु चलाउन राष्ट्र बैंकले आरबिआइलाई पत्र लेख्यो 
भारतीय सञ्चार माध्यम भन्छन्, १०० माथिका भारु चलाउन राष्ट्र बैंकले आरबिआइलाई पत्र लेख्यो 

मुम्बइ। भारतीय केन्द्रीय बैंकलाई १०० भारुमाथिका नोट पनि नेपालमा चलाउन स्वीकृति दिन राष्ट्र बैंकले पत्र लेखेको छ। भारतीइ सञ्चार माध्यम 'न्युज१८' का अनुसार, राष्ट्र बैंकले २००, ५०० र २००० दरका भारु नोटलाई नेपालमा चलाउन स्वीकृति दिन माग गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाली केन्द्रीय बैंकले आरबिआइलाई विदेशी विनिमय ब्यवस्था ऐन (एफइएमए) अनुसार १०० भारु माथिका नोट चलाउनका लागि स्वीकृति दिन माग गरेको छ। यसले गर्दा १०० माथिका नोट पनि नेपालमा सहज कारोबार हुन्छन् र दुबैतर्फ आवतजावत गर्नेहरुलाई सहज हुन्छ भन्ने तर्क नेपाल पक्षले राखेको 'न्यूज१८' मा उल्लेख छ।

आरबिआइले अहिले १०० भारुसम्मका नोट नेपालमा चलाउन स्वीकृति दिएको छ। भारतमा नोटबन्दी हुनुअघि ५०० र १००० दरका नोट पनि नेपालमा चल्थिए। यी नोट एक नेपालीले २५ हजारसम्म बोक्न पाउँथे।

नोटबन्दीपछि नेपालमा रहेका भारतीय ठूला दरका नोट कागजको खोस्टा भएका छन्। पुराना ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि हालसालै नेपालले पनि १०० माथिका नयाँ नोट नेपालमा नचलाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाए लगत्तै नेपाली केन्द्रीय बैंकले भारतीय केन्द्रीय बैंकसँग ठूला नोट चलाउन दिन माग गरेको हो।

राष्ट्र बैंकका विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानालाई उदृत गर्दै 'न्यूज१८' ले लेखेको छ, 'बारम्बार नेपाल भारत गरिरहने नागरिकहरुलाई ठूला नोट नचल्दा समस्या भएको छ। समाधानका लागि नोट चलाउन दिन माग गरेका छौं।'