BIZMANDU
www.bizmandu.com

नेपालगंजका हार्डवेयर व्यवसायीको ८० करोड लगानीमा स्टील उद्योग, जिआइ वायरको परीक्षण उत्पादन

२०७५ पुष २५

नेपालगंजका हार्डवेयर व्यवसायीको ८० करोड लगानीमा स्टील उद्योग,  जिआइ वायरको परीक्षण उत्पादन
नेपालगंजका हार्डवेयर व्यवसायीको ८० करोड लगानीमा स्टील उद्योग, जिआइ वायरको परीक्षण उत्पादन


काठमाडौं । निर्माण सामाग्रीको व्यापारमा संलग्न व्यवसायीको लगानीमा बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

उद्योगका संचालक राहुल साहेवालाले वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने जानकारी दिए ।'यहाँको बजारमा पूर्वका उद्योगबाट फलामे उत्पादन आपूर्तिको हुँदै आएको छ,उनले भने, यहाँसम्म ल्याई पुर्याउँदा किलो मै साढे दुई रुपैयाँदेखि ३ रुपैयाँसम्म ढुवानी भाडाको भार थपिन्छ । स्थानीयस्तरमै उत्पादन गर्दा हामीले ढुवानी भाडाको प्रतिस्पर्धी लाभ पाउँछौ।'

बाँकेको जानकी गाउँपालिका-६ खजुराखुर्दमा करिब सात बिघा क्षेत्रफलमा डेढवर्ष अघि यो उद्योगको निर्माण कार्य शुरु भएको थियो । स्थिर सम्पतिमा २५  करोड रुपैयाँ सहित कूल ८० करोड रुपैयाँ लगानीमा यो उद्योग संचालनमा ल्याउन लागिएको हो ।यो उद्योगमा भैरहवाको सिद्धार्थ हार्डवेयर, झापाको साहेवाला समूह र नेपालगजको आनन्द हार्डवेयरको संयुक्त लगानी रहेको छ । सिद्धार्थ हार्डवेयर समूहले सिद्धार्थ ब्राण्डमा पश्चिम नेपालको प्रमुख बजारमा हार्डवेयरको थोक बिक्री केन्द्र संचालन गर्दै आएको छ । साहेवाला समूहले झापामा मेगा सिमेन्ट उद्योग संचालन गरिरहेको छ ।