BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकका क्याडर बासुदेव अधिकारी नेपाल बैंकको अध्यक्ष चयन, ३० बर्षे नियामकीय अनुभव

२०७५ पुष २६

राष्ट्र बैंकका क्याडर बासुदेव अधिकारी नेपाल बैंकको अध्यक्ष चयन, ३० बर्षे नियामकीय अनुभव
राष्ट्र बैंकका क्याडर बासुदेव अधिकारी नेपाल बैंकको अध्यक्ष चयन, ३० बर्षे नियामकीय अनुभव

काठमाडौं। अर्थमन्त्रालयले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा राष्ट्र बैंकका क्याडर वासुदेव अधिकारीलाई पठाएको छ। उनी केही महिनाअघि मात्र नेपाल राष्ट्र बैंकबाट अवकाश भएका हुन्।

Tata
GBIME
Nepal Life

अधिकारीलाई बैंकको सञ्चालक समितिले बुधबार अध्यक्ष चयन गरेको छ। अधिकारीले गभर्नर डा. चिरञ्जिबी नेपालसँग पद तथा गोपनियताको सपथ लिएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा अधिकारी बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक भएका थिए। त्यसपछि उनी केही समय विदेशी विनिमय विभागमा पनि गए। कार्यकारी निर्देशकमा बढुवा भएपछि उनले आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको नेतृत्वसमेत गरे।

साहित्यकारसमेत रहेका अधिकारीले राष्ट्र बैंकमा ३० बर्ष काम गरेका छन्। उनी प्रधान सहायकबाट राष्ट्र बैंक छिरेका थिए। वर्तमान अध्यक्ष जनार्द्धन आचार्यको कार्याकाल सकिएपछि अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंक सञ्चालक समितिमा पठाइएको हो। अधिकारी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता अभिबृद्धिजस्ता तालिममा सहभागी हुँदै आएका थिए।