BIZMANDU
www.bizmandu.com

नेप्सेको नाफामा लगातार गिरावट, ५० करोड पूँजी पुर्याउन ६६.६७% बोनस शेयर वितरण गर्दै

२०७५ पुष २६

नेप्सेको नाफामा लगातार गिरावट, ५० करोड पूँजी पुर्याउन ६६.६७% बोनस शेयर वितरण गर्दै
नेप्सेको नाफामा लगातार गिरावट, ५० करोड पूँजी पुर्याउन ६६.६७% बोनस शेयर वितरण गर्दै

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बर्षको मुनाफाबाट ६६.६७ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। नेप्सेले आइतबार गर्ने साधारणसभामा लाभांशको प्रस्ताव लैजाने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। 

Tata
GBIME
Nepal Life

साधारणसभाले पारित गरेसँगै नेप्सेका शेयरधनीले लाभांश पाउने छन्। नेप्सेको साधारणसभापछि साबिक चुक्ता पूँजी ३० करोड रुपैयाँबाट बढेर करिब ५० करोड रुपैयाँ पुग्ने छ। 

गत बर्षको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ। कम्पनीमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडिसीको ६.१२ प्रतिशत र अन्यको ०.६२ प्रतिशत शेयर छ।

शेयरका आधारमा सबैभन्दा बढी नेपाल सरकारले ११ करोड ७३ लाख रुपैयाँ बराबरको ११ लाख ७३ हजार कित्ता बोनस शेयर पाउने छ। 

नेपाल राष्ट्र बैंकले ६ करोड ९१ लाख रुपैयाँ बराबरको ६ लाख ९१ हजार कित्ता, एनआईडिसिले एक करोड २२ लाख रुपैयाँ बराबरको एक लाख २२ हजार कित्ता शेयर पाउने छ भने अन्यले १२ लाख ३९ हजार रुपैयाँ बराबरको १२ हजार कित्ता शेयर पाउने छन्।  
                 
नेप्सेको नाफा लगातार घट्दो क्रममा देखिएको छ। अघिल्लो बर्ष नेप्सेले ४७ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। गत बर्ष कम्पनीको मुनाफा करिब १० करोड रुपैयाँले खुम्चिएर ३७ करोड २० लाख रुपैयाँमा झरेको थियो। यसपाली नाफा २६ करोड एक लाख रुपैयाँमा झरेको छ। 

अघिलो बर्ष नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर खरिद बिक्रीमा लाग्ने कमिसन घटाएका कारण मुनाफा घटेको नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए। अघिल्लो बर्ष साउन ५ गतेदेखि साबिक कमिसनमा ४० प्रतिशत कटौती गरिएको थियो।
 

शेयरधनी

पूँजी प्रतिशतमा

पूँजी

लाभांस रकम

नेपाल सरकार

58.66

175980000

117308268

नेपाल राष्ट्र बैंक

34.6

103800000

69193080

एनआइडिसी

6.12

18360000

12238776

ब्रोकर संघ

0.62

1860000

1239876

जम्मा

100

300000000

199980000