BIZMANDU
www.bizmandu.com

माथिल्लो तामाकोशीको शेयरको न्यूनतम मूल्य ७४ रुपैयाँ, बढिमा २२४ रुपैयाँसम्म कारोबार हुने

२०७५ पुष २७

माथिल्लो तामाकोशीको शेयरको न्यूनतम मूल्य ७४ रुपैयाँ, बढिमा २२४ रुपैयाँसम्म कारोबार हुने
माथिल्लो तामाकोशीको शेयरको न्यूनतम मूल्य ७४ रुपैयाँ, बढिमा २२४ रुपैयाँसम्म कारोबार हुने

काठमाडौं। माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ। बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्दा ७४ रुपैयाँदेखि २२४ रुपैयाँको विचमा कारोबार सुरु हुने छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको छ। यो शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबार गर्न पाइनेछ। जसमध्ये प्रभावित क्षेत्रका लागि निष्काशन गरेको १० प्रतिशत शेयर तीन वर्षका लागि लक गरिएको छ। 

कम्पनीले सञ्चयकर्ताको लागि तीन वर्ष अगाडि तीन वर्षकै लागि लकिङ पिरियड तोकेर शेयर जारी गरेको थियो। तर सर्वसाधारणलार्इ शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुँदासम्ममा तीन वर्ष वितिसकेकोले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले पनि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्। 

सञ्चयकर्ताको शेयर दोस्रो बजारमा सूचिकृत भए पनि डिम्याट नभएको हुँदा सबैले कारोबार गर्न पाउँदैनन्। कम्पनीले केहि दिनमा नै डिम्याटको प्रकृया अगाडि बढाउने जनाएको छ। डिम्याट भएपछि मात्रै शेयर धनीहरुले शेयर खरिद बिक्री गर्न पाउने छन्।  

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो। पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरे सँगै कम्पनीको शेयर कारोबार हुने भएको हो। दोस्रो बजारमा सूचिकृत भए सँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयर धनी भएको कम्पनी हुने छ। कम्पनीमा ८ लाख भन्दा धेरै शेयरधनी हुने छन्।