BIZMANDU
www.bizmandu.com

पाँच दर्जन पसल हुने महर्जन कम्प्लेक्स परम्परागतशैलीमा तयार, एक हजारलाई जागिर

२०७५ पुष २७

पाँच दर्जन पसल हुने महर्जन कम्प्लेक्स परम्परागतशैलीमा तयार, एक हजारलाई जागिर
पाँच दर्जन पसल हुने महर्जन कम्प्लेक्स परम्परागतशैलीमा तयार, एक हजारलाई जागिर

काठमाडौं। राजधानीको मुटु न्युरोडमा आगामी वैशाखदेखि व्यावसायिक भवन सञ्चालनमा आउने भएको छ। यो भवनलाई युनेस्कोले ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको भनेर तारिफ गरेको थियो। 

Tata
GBIME
Nepal Life

युनेस्कोको कम्प्लेक्सलाई हनुमानढोकाको गद्दी बैठकसँग मिल्दो भएको भनेको थियो। यो भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको प्रवद्र्धक कृष्णलाल महर्जनले बताए। 

भवनभित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ। कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ। यसको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजनसहितको खुला हावा उपलव्ध हुने छ। 
चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुने विज्ञप्तिमा उल्लेख छ। 

साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको ‘महर्जन कम्प्लेक्स’ लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो। सर्वोच्चको फैसलामा कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दा बाहिर बफर जोनमा र त्यसको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समितिले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ।

करिब पाँच दर्जन पसलकबल रहने कम्प्लेक्समा एक हजार जनाले रोजगारी पाउने छन्। निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरुको भनाइ छ।