BIZMANDU
www.bizmandu.com

घट्यो हवाइ यात्राको भाडा, काठमाडौं-बिराटनगर २४० र पोखरा १५५ ले भाडा घट्यो, कुन रुटको कति?

२०७५ पुष २७

काठमाडौं। नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएपछि आन्तरिक उडानको टिकट मूल्य पनि घटेको छ। बिहीबार निगमले प्रति लिटर १० रुपैयाँका दरले हवाइ इन्धको भाउ घटाउँदै साढे ९४ रुपैयाँमा झारेको थियो।

Tata
GBIME
Nepal Life

एयर अपरेटर एशोसिएसनले शुक्रबार निर्णय गर्दै आइतबारबाट भाडा घटाउने भएको हो। अब काठमाडौं बिराटनगर रुटको भाडा २४० रुपैयाँले घट्ने छ।

यसैगरी काठमाडौं पोखरा १५५ रुपैयाँले घट्ने छ भने काठमाडौं माउन्टेन फ्लाइटको ३४५ रुपैयाँले भाडा घट्ने छ।