BIZMANDU
www.bizmandu.com

माथिल्लो तामाकोशीको दोस्रो बजारमा कारोबार खुल्यो, कारोबार सिम्बोल ‘upper’ पायो 

२०७५ पुष २९

माथिल्लो तामाकोशीको दोस्रो बजारमा कारोबार खुल्यो, कारोबार सिम्बोल ‘upper’ पायो 
माथिल्लो तामाकोशीको दोस्रो बजारमा कारोबार खुल्यो, कारोबार सिम्बोल ‘upper’ पायो 

काठमाडौं। माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ। बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्न ७४.८९ रुपैयाँदेखि २२४.६७ रुपैयाँको विचको रेञ्ज नेप्सेले तय गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको शेयर "upper" सिम्बोल मार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने छ। दोस्रो बजारमा शेयर कारोबार गर्न नेप्सेले निश्चित सिम्बोल दिने गर्छ। सोहि अनुरुप लगानीकर्ताले शेयर कारोबार गर्न सक्छन्।  

कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको थियो। त्यही शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबार गर्न पाइनेछ। जसमध्ये प्रभावित क्षेत्रका लागि निष्काशन गरेको १० प्रतिशत शेयर तीन वर्षका लागि लक गरिएको छ। 

कम्पनीले सञ्चयकर्ताको लागि तीन वर्ष अगाडि तीन वर्षकै लागि लकिङ पिरियड तोकेर शेयर जारी गरेको थियो। तर सर्वसाधारणलार्इ शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुँदासम्म तीन वर्ष वितिसकेकोले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले पनि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्। 

सञ्चयकर्ताको शेयर दोस्रो बजारमा सूचिकृत भए पनि डिम्याट नभएको हुँदा सबैले गर्न पाउँदैनन्। कम्पनीले केही दिनमा नै डिम्याटको प्रकृया अगाडि बढाउने जनाएको छ। डिम्याट भएपछि मात्रै शेयरधनीहरुले शेयर खरिद बिक्री गर्न पाउने छन्।  

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो। पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो। दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी हुने छ। कम्पनीमा ८ लाखभन्दा धेरै शेयरधनी हुने छन्।