BIZMANDU
www.bizmandu.com

तीन संस्थाको साभारणसभा सकियो, साधनाको सत् प्रतिशत हकप्रद, फरवार्डको २५% बोनस पारित

२०७५ पुष २९

तीन संस्थाको साभारणसभा सकियो, साधनाको सत् प्रतिशत हकप्रद, फरवार्डको २५% बोनस पारित
तीन संस्थाको साभारणसभा सकियो, साधनाको सत् प्रतिशत हकप्रद, फरवार्डको २५% बोनस पारित

काठमाडौँ। तीन संस्थाको साधारणसभा सम्पन्न भएको छ। साधना लघुबित्त, सिन्धुज्वाला हाईड्रोपावर र फर्वाड माईक्रोफाईनान्सले साधारणसभा सम्पन्न गरेका हुन्। 

Tata
GBIME
Nepal Life

साधनाको साधारणसभाले चुक्ता पूँजी बृद्धिका लागि १ शेयर बराबर १.०५ को अनुपातमा हकपर्द शेयर दिने प्रस्ताब पारित गरेको छ। शेयर जारीपछि चुक्ता पूँजी १० करोड चार लाख रुपैयाँ पुग्ने छ। 

यसैगरी सिन्धु ज्वाला हाईड्रोपावर लिमिटेडले दोस्रो साधारणसभा सम्मपन्न गरेको छ। कम्पनीको साभारणसभाले रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्तसमेत गरेको छ।

कम्पनी २०६५ साउन २१ मा स्थापना भएको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा ४३ मेगावाटको अपर नेसन खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेशन खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको अधिकृत र जारी पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ। यो आयोजनाको कुल लागत सात अर्ब रुपैयाँ रहेको छ। 

फरवार्ड माईक्रोफाईनान्सले २० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस दिने प्रस्ताव सहितका विवरण पारित गर्दै साधारणसभा सम्मपन्न गरेको छ।