BIZMANDU
www.bizmandu.com

नेपाल बैंकले लाभांश दिन पाएन, शेयरधनीलाई झड्का, ‘अर्को वर्ष वम्पर बोनस आउँछ, आत्तिनुपर्दैन्’

२०७५ माघ २

नेपाल बैंकले लाभांश दिन पाएन, शेयरधनीलाई झड्का, ‘अर्को वर्ष वम्पर बोनस आउँछ, आत्तिनुपर्दैन्’
नेपाल बैंकले लाभांश दिन पाएन, शेयरधनीलाई झड्का, ‘अर्को वर्ष वम्पर बोनस आउँछ, आत्तिनुपर्दैन्’



काठमाडौं। नेपाल बैंकले यो वर्ष लाभांस नदिने भएको छ। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको लागि लागु गरेको एनएफआरएस प्रणाली अनुसार रेगुलेटरी रिजर्भमा पैसा राख्नुपर्ने भएपछि लाभांस दिन नसक्ने भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल बैंकले २१ वर्षदेखि लाभांस दिएको छैन। नेपाल राष्ट्र बैंकले यो वर्षदेखि एनएफआरएस प्रणाली अनुसार रेगुलेटरी रिजर्भको लागु छुट्टै खाता तयार पार्नुपर्ने व्यवस्था गरेको छ। एनएफआरएस अनुसार लाभांस वितरणका लागि विभिन्न मापदण्ड रहेकाले वित्तीय विवरणमा नाफा हुँदैमा लाभांस बाँड्न योग्य नहुने राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए।

उनले भने 'एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरणमा 'रि भ्यालुयसन' हुन्छ। 'रि भ्यालुयसन'पछि आउने नाफालाई चलाउन पाइदैन भनेर रेगुलेटरी रिजर्भ गरिएको हो।' बैंकले गत साउनमा एफपिओ निष्काशन गर्दा तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो। प्रिमियम सहित गत वर्षको नाफाबाट लाभांस बाँड्ने तयारी गरेको बैंकले यस वर्ष लाभांस बाँड्न नसक्ने भएको हो।

बैंकले यस वर्ष लाभांस दिन सक्ने सूचना चुहिएसँगै बुधबार बैंकको शेयर मूल्य घट्न थालेको छ।तर बैंकका एक अधिकारीका अनुसार अर्को वर्ष बैंकले वम्पर बोनश दिनेछ। ‘यो वर्ष लाभांस दिन नसकिएपनि अर्को वर्ष लगानीकर्ताले वम्पर बोनस पाउनेछन्। अहिलेनै आत्तिनुपर्ने अवस्था छैन’उनले भने।