BIZMANDU
www.bizmandu.com

हुन्डाइको इलेक्ट्रिक कार कोना इभ नेपालमा भित्रियो, मूल्य ५१ लाख ९६ हजार, यस्ता छन् फिचर

२०७५ माघ १७

हुन्डाइको इलेक्ट्रिक कार कोना इभ नेपालमा भित्रियो, मूल्य ५१ लाख ९६ हजार, यस्ता छन् फिचर
हुन्डाइको इलेक्ट्रिक कार कोना इभ नेपालमा भित्रियो, मूल्य ५१ लाख ९६ हजार, यस्ता छन् फिचर


काठमाडौं। हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले नयाँ इलेक्ट्रिक गाडी बजारमा ल्याएको छ। नयाँ बर्षको पहिलो महिनाको अन्तिम दिन कम्पनीले कोना इभ गाडी बजारमा उतारेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो पहिलो पूर्ण ईलेक्ट्रिक सबकम्प्याक्ट कयुभी हो। यसमा क्लोज्ड ग्रीले छ। यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरुपमा सिफ्ट बाइ वायर मोडलले गाडी चलाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। 

कोना इभ सबै प्रयोजनको लागि चलाउन मिल्ने छ। यसको सुरुवाति मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ। 

यसमा १३५ पिएसको पावर छ। सिङ्गल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी (रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत) रहेको छ।

कोना इभको अर्को बिशेषता टप–बटम एइडि डिआरएलएस र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो र हावा जाने अगाडिको सिटहरु, तार रहीत चार्जर (फोन), ६ एअरब्याग, हिल एसिस्ट कन्ट्रोल पनि हो।