BIZMANDU
www.bizmandu.com

एमडिएच मसलाका महँगा सिइओ धरमपालको लाइफस्टाइल, ९५ वर्षमा पनि गर्दैछन् मोडलिङ, ‘म कहाँ बुढो छु!’

२०७५ माघ २१

एमडिएच मसलाका महँगा सिइओ धरमपालको लाइफस्टाइल, ९५ वर्षमा पनि गर्दैछन् मोडलिङ, ‘म कहाँ बुढो छु!’
एमडिएच मसलाका महँगा सिइओ धरमपालको लाइफस्टाइल, ९५ वर्षमा पनि गर्दैछन् मोडलिङ, ‘म कहाँ बुढो छु!’


९५ वर्षका धरमपाल गुलाटी भारतको प्रसिद्ध कम्पनी एमडिएच मसाला कम्पनीका सिइओ हुन्। हालै धरमपालले भारतको सबैभन्दा सम्मानित पदक पद्मभूषण प्राप्त गरे। उनी भारतको एफएमसिजी सेक्टरमा सबैभन्दा धेरै तलब खाने सिइओ समेत हुन्।

Tata
GBIME
Nepal Life

उनले बार्षिक २५ करोड भारु तलब बुझेर आफूलाई एफएमसिजी क्षेत्रका सबैभन्दा महंगा सिइओका रुपमा स्थापित गरेका छन्। तर उनले आफ्नो तलबको अधिकांश रकम च्यारिटीमा खर्च गर्छन्। उनले च्यारिटीका रुपमा अस्पताल र २० वटा स्कुल पनि चलाएका छन्। आफ्ना सबै साथीहरु रिटायर्ड भैसक्दा पनि काम गरिरहेका धरमपालको लाइफस्टाइल पनि रोचक छ।

उनी बिहान ४ बजे उठ्छन् र पंजाबी बिट्समा  डम्बेल उचाल्दै कसरत गर्छन्। त्यसपछि उनी केही फलफुल खान्छन्। उनी दिउँसो परौठा खान्छन् भने साँझमा  टहल्न निस्कन्छन्। रातमा भने उनी रबडी मलाई चाहिन्छ। उनको आफ्नै डाइट चार्ट छ । ९५ वर्षका उनी भन्छन् 'म अझै जवान छु।'

धरमपाल मसला कम्पनीको सिइओ मात्र होइनन्। उनी विश्वकै सबैभन्दा बृद्ध बिज्ञापन मोडल समेत हुन्। उनी आफ्नै कम्पनीको सामाग्रीको बिज्ञापनमा टिभीमा पनि देखिन्छन्। आफ्नो कम्पनीको बिज्ञापन उनी आफैले गर्छन्। उनलाई बालबालिका र युवाहरु आफूसँग आएर सेल्फी लिँदा एकदमै रमाइलो लाग्ने बताउँछन्।

धरमपालको अनुहारमा गजबको रौनक छ। उनी सँधै अरुलाई हसाइरहन्छन्। उनी भन्छन्- 'म कहिल्यै तनावमा हुन्न। जीवनमा धेरै ठूला समस्याहरुलाई मैले झेलेको छु तर अनुहारमा त्यसको असर आउन कहिल्यै दिइन।  म सबैलाई खुशी र आत्मवविश्वासकासाथ समस्यासँग जुध्न सिकाउँछु।'

उनी पार्कमा लाफ्टर क्लास समेत चलाउँछन्। यस्तै बोर्ड मिटिङमा उनी आफ्ना कर्मचारीलाई पनि हसाइरहन्छन्। कसैले पनि खाली हात बस्न नहुने धरमपालको सोच छ। जीवनमा योग गर्नु र हिँडडुल आवश्यक हुने उनी बताउँछन्।  

धरमपाल पाकिस्तानको सियालकोटमा जन्मिए। सानैदेखि उनलाई स्कुल जान मन लाग्दैनथ्यो। जसोतसो ५ कक्षासम्म पढे। त्यसपछि उनी आफ्नो बुवाको मसलाको पसलमा काम गर्न थाले। सन् १९४२ मा उनको विवाह भयो। भारत पाकिस्तान बिभाजनपछि उनीहरुले सियालकोट छोडेर अमृतसर पुगे। त्यहाँ धरमपाललाई बस्न मन लागेन। उनी आफ्ना नातागोता र परिवारसँग दिल्ली आए।


दिल्लीमा काम नपाएपछि उनी केही समय त्यसै भौतारिए। उनले घोडा किनेर टाँगा पनि चलाउन थाले। तर केही समय टाँगा चलाएपछि उनलाई लाग्यो यसबाट उकालो लागिँदैन। उनमा अचानक पुरानो मसलाको कारोबार सुरु गर्ने सोच आयो। उनले अजमल खान रोडमा दाल तेल मसला जस्ता सामान राखेर पसल चलाउन थाले।

धरमपालले केवल १५ सय रुपैयाँबाट ब्यापार सुरु गरे। हाल उनको कम्पनी २ हजार करोड रुपैयाँको पूँजीको भएको छ।  पश्चिम दिल्लीको किर्ती इन्डस्ट्रियल एरियामा उनको कम्पनी एमडिएच हाउस छ। कम्पनीको हरेक कोठामा उनको मुस्कानसहितको ठूला ठूला तस्वीर झुण्डिएका छन्।

उनी विज्ञापनमा पनि कुनै योजनाले आएका होइनन्। एमडिएच मसलाकै एउटा बिज्ञापनमा दुलहीको बाबुको भूमिका गर्ने कलाकार समयमा सेटमा पुगेनन्। त्यसबेला निर्देशकले उनलाई नै बुबाको भूमिका गर्न आग्रह गरे। उनले सोचे यसबाट आफ्नै कम्पनीको केही पैसा जोगिन्छ अनि विज्ञापन खेल्न राजी भए। त्यसैबेलादेखि उनी एमडिएच मसलाको टेलिभिजन बिज्ञापनमा देखिइरहेका छन्।