BIZMANDU
www.bizmandu.com

एनसेलसँगको लाभकर महिना दिनभित्र उठाउन अर्थमन्त्रीलाई निर्देशन, पूर्णपाठ पछि रकम यकिन

२०७५ माघ २७

एनसेलसँगको लाभकर महिना दिनभित्र उठाउन अर्थमन्त्रीलाई निर्देशन, पूर्णपाठ पछि रकम यकिन
एनसेलसँगको लाभकर महिना दिनभित्र उठाउन अर्थमन्त्रीलाई निर्देशन, पूर्णपाठ पछि रकम यकिन

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको खरीद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा सर्बोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने जानकारी दिएका छन्।

Tata
GBIME
Nepal Life

अर्थसमितिमा आइतबार बोल्दै खतिवडाले अफसोर कारोबारबाट आउने पैसा 'ट्याक्स प्लानिङ' गर्न भित्रिने बताउँदै उनले एनसेलको कर पनि त्यही अनुसार भएको बताएका छन्। 'एनसेलमा भने देशले पाउनु पर्ने कर पनि नतिर्ने प्रपञ्च भएको थियो' उनले भने।

खतिवडाले कर सम्बन्धि विवाद अष्पष्ट ब्याख्याका कारण पनि उब्जिने गरेको भन्दै उनले आगामी दिनमा आर्थिक ऐनमा संशोधन गरेर अझ प्रष्ट पारिने जानकारी दिए। उनले संसदीय समितिहरुबीच पनि समन्वय अभाव भएको बताए। कुनै समितिले कर उठाउन भन्ने र कुनैले सेवा बिस्तार गर्न स्वीकृति दिने निर्देशनका कारण समस्या भएको भन्दै यसबारेमा प्रष्ट हुन आग्रह गरे।

समितिले अर्थमन्त्रीलाई महिनादिन भित्र सबै कर उठाउन निर्देशन दिएको छ। गत साता सर्बोच्चले एनसेल बिक्रीपछिको लाभकर एक्जियटा र एनसेलले तिर्नु पर्ने फैसला गरेको थियो।