BIZMANDU
www.bizmandu.com

होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती, क्यासिनो पनि सञ्चालनमा आउँदै

२०७५ माघ २७

होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती, क्यासिनो पनि सञ्चालनमा आउँदै
होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती, क्यासिनो पनि सञ्चालनमा आउँदै


काठमाडौं। नेपालगन्जमा अवस्थित होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती भएको छ।

Tata
GBIME
Nepal Life

बाँकेमा संचालनमा रहेकामध्ये यो पहिलो पाँचतारे होटल‌ हो। वैशाखदेखि चार तारे होटलको रुपमा कोहलपुरमा संचालनमा आएको होटल 'सेन्ट्रल प्लाजा'  ले समेत पाँचतारेको लागि पर्यटन विभागमा आवेदन दिइसकेको छ।

एक वर्षअघि नेपालगञ्जको पहिलो चारतारे होटलको रुपमा संचालनमा आएको यो होटललाई पर्यटन विभागले वातावरणीय प्रभाव मूल्यांकन र अन्य पूर्वाधार तथा सुविधाको आधारमा मूल्यांकनपछि पाँच तारे होटलमा स्तरोन्नतिको प्रमाण पत्र दिएको हो।

'होटल स्तरोन्नतिको प्रमाण पत्र पाइसकेका छौँ,' होटलको उच्च व्यवस्थापकले भने, 'अब हामी भारतीय पर्यटकलाई लक्षित गरेर चाँडै नै क्यासिनो संचालनमा ल्याउँदैछौँ।'

सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो। यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा गत ५ अक्टोबरमा दिल्लीमा आयोजित १४औं अन्तर्राष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा 'वेष्ट डेब्यु ग्रीन होटल' को पुरस्कार समेत पाएको थियो।

पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो। यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारेर्ट होटल निर्माण गर्दैछ।