BIZMANDU
www.bizmandu.com

पूर्वाधार बैंकले पाँच बर्षमाथिको निक्षेप मात्र लिन पाउने, १ करोड रुपैयाँभन्दा कम उठाउन नपाउने

२०७५ माघ २८

पूर्वाधार बैंकले पाँच बर्षमाथिको निक्षेप मात्र लिन पाउने, १ करोड रुपैयाँभन्दा कम उठाउन नपाउने
पूर्वाधार बैंकले पाँच बर्षमाथिको निक्षेप मात्र लिन पाउने, १ करोड रुपैयाँभन्दा कम उठाउन नपाउने

काठमाडौं। देशकै पहिलो पूर्वाधार बैंकलाई सञ्चालन स्वीकृति दिएकै दिन राष्ट्र बैंकले कार्यविधि पनि सार्बजनिक गरेको छ। यस्ता संस्थाहरुले पनि जोखिम भारित सम्पतिको ११ प्रतिशत न्यूनतम पूँजी कोष अनुपात कायम गर्नु पर्ने कार्यविधिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

पूर्वाधार बैंकको चुक्ता पूँजी २० अर्बलाई भने यथावत राखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै पूर्वाधार बैंकले पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१८ अनुसार नै जोखिम निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ।

कम्पनीले तोकिएको पूँजी कोष कायम नगरेमा शिघ्र सुधारात्मक कारवाही गरिने छ। कम्पनीले शाखा खोल्नु पर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने छ। प्रत्येक प्रदेशमा एक/एक शाखा कार्यालय खोल्न सक्ने छन्।

विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पनि सुविधा दिइएको छ। मुद्दति निक्षेपमा पैसा उठाउन पाउने छ। ब्याज दर तोक्ने जिम्मा ग्राहक र बैंक दुबैलाई दिइएको छ। ग्राहकले जहिले पनि झिक्न पाउने गरी मुद्दति खाता खोल्न पाइने छैन। 

ऋणको ब्याज दर त्रैमासिक रुपमा निर्धारण गर्नु पर्छ। औषत ब्याज दर अन्तर ४ प्रतिशतभन्दा बढि हुन हुँदैन। कम्पनीले ५ बर्ष वा त्यसभन्दा माथिको निक्षेप मात्र उठाउन पाउँछ। १ करोड रुपैयाँ माथि मात्र निक्षेप उठाउन पाइन्छ। 
 

DV.load(“https://www.documentcloud.org/documents/5733702-Directives-Directive-to-Infrastructure.js”, {
width: 810,
height: 500,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5733702-Directives-Directive-to-Infrastructure”
});