BIZMANDU
www.bizmandu.com

सम्झौता विनाको ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्ने, सबैभन्दा बढी प्रभाव जर्मनीमा पर्ने

२०७५ माघ २९

सम्झौता विनाको ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्ने, सबैभन्दा बढी प्रभाव जर्मनीमा पर्ने
सम्झौता विनाको ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्ने, सबैभन्दा बढी प्रभाव जर्मनीमा पर्ने



फ्रयाङ्कफर्ट। युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ।अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ ।

Tata
GBIME
Nepal Life

सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ ।जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।  

उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा एक लाख तीन हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ ।यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ ।

उनीहरूले चीनका ६० हजार र जापानका तीन हजार जनाको रोजगारीमा पनि समस्या पर्न सक्ने बताएका छन् । यसैवीच बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्ने भएकी छिन्।मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 
सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागु नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताईन्।लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन ।

कस्टम यूनियनका बिषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ । तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधै अस्वीकार गरेकी छैनन्।स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन् । निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम यूनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन् ।

यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमाइयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि  स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गर्नुभएको थियो तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ ।नयाँ बैठकको तिथि तय भएको तर मे को पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ ।