BIZMANDU
www.bizmandu.com

स्ट्याण्डर्ड चार्टर्डको नाफा सवा एक अर्ब, व्याज खर्चको चापमा चार्टर्ड, सिभिलको ऋण लगानी धेरै

२०७५ माघ २९

स्ट्याण्डर्ड चार्टर्डको नाफा सवा एक अर्ब, व्याज खर्चको चापमा चार्टर्ड, सिभिलको ऋण लगानी धेरै
स्ट्याण्डर्ड चार्टर्डको नाफा सवा एक अर्ब, व्याज खर्चको चापमा चार्टर्ड, सिभिलको ऋण लगानी धेरै


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.७९ प्रतिशतले नाफा बढाएर एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष एक अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ।

Tata
GBIME
Nepal Life

अन्य बैंकहरुको व्याज खर्चको तुलनामा व्याज आम्दानी धेरै देखिएकोमा स्ट्याण्डर्डको भने ९९ प्रतिशतले बढेको छ। साथै व्याज आम्दानी ३१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै खुद व्याज आम्दानी पनि २.३१ प्रतिशतले मात्रै सुधार हुन सकेको छ। निक्षेप संकलन ०.१३ प्रतिशतले बढेको छ भने कर्जा विस्तार १८ प्रतिशतले सुधार भएको छ।

बैंकले छ महिनामा ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ।  गत वर्षनै ८ अर्ब जुटाएको बैंकको जगेडामा ७ अर्ब तीन करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा ०.०३ प्रतिशत विन्दुले बढेर ०.२० प्रतिशत छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले सुधार भएको छ।
 

विवरण (रु.०००)

स्ट्याण्डर्ड चार्टर्ड बैंक

बृद्धि (%)

पुस २०७५

पुस २०७४

एनएफआरएस नाफा

1,145,346.00

1,072,541.00

6.79

नियामकिय नाफा

998,151.00

959,491.00

4.03

व्याज आम्दानी

3,013,268.00

2,296,236.00

31.23

व्याज खर्च

1,361,416.00

681,673.00

99.72

खुद व्याज आम्दानी

1,651,852.00

1,614,563.00

2.31

निक्षेप संकलन

65,984,118.00

66,072,253.00

-0.13

ऋण लगानी

50,968,614.00

42,976,586.00

18.60

चुक्ता पूँजी

8,011,431.00

8,011,431.00

0.00

जगेडा कोष

7,039,850.00

4,822,224.00

45.99

खराव कर्जा

0.20%

0.17%

 

प्रतिशेयर आम्दानी

28.59

26.78

 

सिभिल बैंक
सिभिल बैंकले ४९ प्रतिशतले नाफा बढाएको छ। बैंकले पुससम्ममा ३५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष २४ करोड रुपैयाँ थियो।
खराब कर्जा धेरै रहेको बैंकको प्रोभिजनिङले गर्दा नियामकीय नाफा भने २३ करोड ९८ लाख रुपैयाँमा खुम्चिएको छ।

बैंकको व्याज आम्दानी ३१ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने १६ प्रतिशतले मात्रै बढेको छ। यसले गर्दा बैंकको खुद व्याज आम्दानी ६० प्रतिशतले बढेर एक अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको निक्षेप संकलन भन्दा ऋण विस्तार धेरै रहेको छ। पुससम्ममा बैंकले ४३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरि ४३ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको भन्दा १६ प्रतिशतले निक्षेप बढाएको छ भने ऋण विस्तार २६ प्रतिशतले विस्तार गरेको छ।

गत वर्षको तुलनामा ५४ प्रतिशतले पूँजी बढाएर ८ अर्ब रुपैयाँ जुटाएको बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँले खुम्चिएर ८ रुपैयाँ रहेको छ। जगेडा कोषमा दुई अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा ४.५२ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ।
 

विवरण (रु.०००)

सिभिल बैंक

बृद्धि (%)

पुस २०७५

पुस २०७४

एनएफआरएस नाफा

359,716.00

240,148.00

49.79

नियामकिय नाफा

239,809.00

216,950.00

10.54

व्याज आम्दानी

2,747,234.00

2,096,828.00

31.02

व्याज खर्च

1,649,206.00

1,413,172.00

16.70

खुद व्याज आम्दानी

1,098,028.00

683,656.00

60.61

निक्षेप संकलन

43,084,586.00

36,959,750.00

16.57

ऋण लगानी

43,550,637.00

34,307,948.00

26.94

चुक्ता पूँजी

8,003,390.00

5,185,222.00

54.35

जगेडा कोष

2,715,658.00

2,457,557.00

10.50

खराव कर्जा

3.54%

4.52%

 

प्रतिशेयर आम्दानी

8.99

9.26