BIZMANDU
www.bizmandu.com

जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ल्यायो नयाँ प्रोडक्ट, माउन्टेन आईस बियर यसै महिनादेखि बजारमा

२०७५ माघ २९


काठमाडौं। जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरीले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको  जनाएको छ।

कम्पनीका अनुसार अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट यो बियर उत्पादन गरिएको हो।  

६.५% अल्कोहल भोलुम र ६५० एम.एल. को बोतलको २ सय ३० रुपैयाँ मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित बजारमा ल्याइएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

‘अन्तराष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याईएको हो’, जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिजका प्रबन्धनिर्देशक राजबहादुर शाहले बताए।  

‘स्ट्रङ्ग बियरको मागदिनप्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाई बनाउने गरी नै ल्याइएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका कार्यकारी निर्देशक शसिन जोशीको भनाई छ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्रीबितरण सुरु हुने भएपनि देशभर सहजै उपलब्ध हुन केही समय लाग्ने कम्पनीले जनाएको छ।  

जावलाखेलग्रुपअफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।

कम्पनीले डिस्टिलरी, ब्रुअरी उत्पादनकक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्तराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको जनाएको छ।