BIZMANDU
www.bizmandu.com

खाना पकाउने ग्यास उद्योगीले घोषणा गरे आन्दोलन, माग पुरा नभए ३० गतेदेखि बिक्री नगर्ने

२०७५ फागुन ८

खाना पकाउने ग्यास उद्योगीले घोषणा गरे आन्दोलन, माग पुरा नभए ३० गतेदेखि बिक्री नगर्ने
खाना पकाउने ग्यास उद्योगीले घोषणा गरे आन्दोलन, माग पुरा नभए ३० गतेदेखि बिक्री नगर्ने


काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका छन्। 

Tata
GBIME
Nepal Life

संघले बुधवार पत्रकार सम्मेलन गर्दै हड्तालको घोषणा गरेका हुन्। संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेका हुन्। 

संघका अध्यक्ष गोकुल भण्डारीले पाँच वर्षसम्म राजनीतिक संक्रमण र निर्वाचनका कारण नाफाघाटा नहेरी उद्योग संचालन गरेको बताए। उनले पाँच वर्षको अवधिमा सरकारले आफ्ना माग नसुन्दा धेरै उद्योग बिक्री भएको र केहीले घरखेत बिक्री गरेर चलाईरहेको बताए। 

उनले चलाउनै नसक्ने अवस्था आएकाले हड्तालमा उत्रिनुपरेको बताए। 'यो हड्ताल हाम्रो बाध्यात्मक अवस्था हो। हामीले पाँच वर्ष घाटानै खाएर हड्ताल नगरि बसेका थियौं। तर सरकारले हाम्रो मुद्दाप्रति संवेदनशील नभएकाले हड्ताल घोषणा गर्न बाध्य हुनु परेको हो' भण्डारीले भने।

ग्यास उद्योगको संचालन खर्च र बिक्रेता/वितरकको कमिशन बढाउनुपर्ने, ग्यासको बिक्रीको कमिशन तराईमा घटाईएको, कोटा बढाउनु पर्ने, नेपाली ग्यास बुलेट संचालन हुनुपर्ने लगायतका १० बुँदे माग राखेका छन्।