BIZMANDU
www.bizmandu.com

मुकेश अम्बानीको रिलायन्स जियोले पुराना कम्पनीहरुलाई पछि पार्यो, चुनावी स्किमले जियोलाई फाइदा

२०७५ फागुन १४


कोलकाता। एशियाकै धनाढ्य मुकेश अम्बानीको रिलायन्स जियो इन्फोकमले डिसेम्बर यताको तीन महिनामा एडजस्टेड ग्रस रेभेन्यूमा गत वर्षको तुलनामा १५ प्रतिशत भन्दा बढी नाफा गरेको छ।

Tata
GBIME
Nepal Life

जियोले ठूलो शहरहरुबाट राम्रो रेस्पोन्स पाएको देखिएको छ।

भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी भोडाफोन आइडिया र दोस्रो स्थानमा रहेमो भारती एयरटेलले भने यसै अवधिमा ग्रोथमा कमी आएको देखिएको छ।

जियोको सस्तो ट्यारिफ तथा फिचर फोनको लोकप्रियताले अन्य टेलिकमभन्दा राम्रो ग्रोथ देखिएको हो।

मुकेश अम्बानीको जियो रेभेन्यू मार्केट शेयरका हिसाबले भारती एयरटेलकै समान पुग्न लागेको छ। यसैगरी भोडाफोन आइडियाभन्दा केहीमात्र पछि परेको देखिन्छ।

डिसेम्बर त्रैमासिकमा जियोको मार्केट शेयर झण्डै ३.६ प्रतिशत बढेर २९.७ प्रतिशत पुगेको छ। तर भोडाफोन  आइडिया र एयरटेलको भने मार्केट शेयर क्रमश १.३५ र ०.९० प्रतिशतले घटेर ३१.४ र ३० प्रतिशत मात्र रहेको छ।

आइसिआइसिआइ सेक्युरिटीजका टेलिकम रिसर्च एनालिस्ट सन्जेश जैनका अनुसार जियोको राम्रो प्रदर्शनका पछाडी राजस्थान र मध्यप्रदेशको बिजनेस बढ्नुले योगदान पुर्याएको छ। कम्पनीलाई राज्य सरकारका केही स्किमले फाइदा पुगेको उनको भनाई छ।

हालै बिधानसभा चुनावका बेला राजस्थान सरकारले जियो फोनलाई ९५ भारतीय रुपैयाँमा दिएको थियो जसमा ६ महिनाकालागि असिमिट डाटा उपलब्ध गराइएको थियो।

बिश्लेषकहरुका अनुसार प्राइसिङलाई लिएर जियोले आक्रमक रणनीति जारी राखेको छ जसबाट भोडाफोन आइडिया र एयरटेलको रेभेन्यू ग्रोथमा असर परिरहेको छ।

एयरटेलको डिसेम्बर क्वार्टरमा दिल्ली, राजस्थान, कर्नाटक तथा बिहारका ठूला बजारमा ग्रोथ घटेको छ। भोडाफोन आइडियाको पनि मुम्बईलाई छोडेर सबै बजारमा ग्रोथ घटेको छ।