BIZMANDU
www.bizmandu.com

मानुषी र डिप्रोक्स लघुवित्तले मागे कर्मचारी, स्नातक गरेकालाई डिप्रोक्सले प्रशिक्षार्थी लिने

२०७५ फागुन २३


काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेका छन्।

Tata
GBIME
Nepal Life

डिप्रोक्सले ग्रामीण क्षेत्रमा काम गर्ने इच्छा भएका तथा स्नातक पास गरेकाहरुका लागि प्रशिक्षार्थी  माग गरेको छ।

स्नातक गरी कम्प्युटर चलाउन जान्ने तथा मोटरसाइकलको सवारी चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने संस्थाले जनाएको छ।

१८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेकाले निवेदन दिन सक्ने छन्। आवेदनको लागि केन्द्रिय कार्यालय कुलेश्वर काठमाडौं तथा इमेल ठेगानाबाट पाइने बताइएको छ।

इच्छुक आवेदकले चैत्र ८ गतेसम्म आवदेन दिन सक्ने छन्। संस्थाले हाल ७१ वटा जिल्लामा ११९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै मानुषी लघुवित्तले केही संख्यामा बरिष्ठ सहायक पदमा शाखा कार्यालय प्रमुख माग गरेको छ। शाखा प्रमुखको लागि स्नातक उत्तीर्ण गरि कम्तिमा पनि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

त्यस्तै सहायक श्रेणीमा १५ जना कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ। सहायक प्रशिक्षार्थीको लागि एसएलसी उत्तिर्ण गरेको हुनु पर्नेछ।

कम्तिमा पनि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवदेन दिन पाउने संस्थाले जनाएको छ। आवेदनको लागि केन्द्रिय कार्यालय बनेपा तथा शाखा कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुनु पर्ने पनि संस्थाले बताएको छ।