BIZMANDU
www.bizmandu.com

२० लाख पर्यटक तान्ने हाम्रो पूर्वाधार खोइ? हानका अध्यक्ष अमरमान शाक्यको लेख

२०७५ फागुन २६

२० लाख पर्यटक तान्ने हाम्रो पूर्वाधार खोइ? हानका अध्यक्ष अमरमान शाक्यको लेख
२० लाख पर्यटक तान्ने हाम्रो पूर्वाधार खोइ? हानका अध्यक्ष अमरमान शाक्यको लेख



काठमाडौं। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा भएको छ। भ्रमणवर्ष २०२०को संयोजक नियुक्त गर्ने काम नै ढिला भयो। राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त भइसकेपछि पनि उहाँ पर्यटन क्षेत्रमा होइन भन्ने विविध कुराहरु उठे।

Tata
GBIME
Nepal Life

उहाँ उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष र लिडरसीप भएको व्यक्तित्व हुनुहुन्छ। उहाँले पर्यटनसँग आवद्ध व्यक्तित्वसँग छलफल गरिरहनुभएको छ। सन् २०२० मा २० लाख पर्यटक नपुगेपनि यसको प्रतिफल सन् २०२५ मा पक्कै पाउन सकिन्छ। संयोजकज्यूले कमिटी गठन गरेर विभीन्न निकाय र व्यवसायीसँग सल्लाह गरेर कार्यक्रमहरु बनाइरहनुभएको छ। उहाँले आफ्नो तर्फबाट भ्रमण वर्ष सफल बनाउनका लागि हामीलाई पनि राय सुझाव दिइरहनु भएको छ। भ्रमण वर्ष पक्कै पनि सफल होला तर सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुँदैन। सन् २०२० मै २० लाख पर्यटक आउन गाह्रो छ।

कारण हामीसँग पूर्वाधार नै छैन। पूर्वाधारविना पर्यटक भित्र्याउन सकिँदैन। रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी राम्रो हुनु पर्यो्, व्यापक प्रचार प्रसार हुनुपर्योन। हाम्रो मुख्य बजार भनेको भारत र चीन हो। विश्वभरका अधिकांश आउटबाउण्ड टूरिस्ट भनेको करोडौंको संख्यामा चिनियाँ पर्यटक हुन्। उनीहरु बाहिर घुम्छन् र उनीहरु खर्चालुपनि छन्।

करोडौंको संख्यामा रहेका चिनियाँमध्ये एक प्रतिशतलाई मात्र पनि ल्याउन सक्यौ भने १० लाख त भित्रीहाल्छन् नी। भारतीयहरु मर्नुअघि पशुपती दर्शन गर्नुपर्छ भन्ने मान्यता राख्छन्। हामीसँग अथाह सम्पत्ति छ तर प्रचारप्रसारै छैन। एक त एयरफेयर महंगो। अर्काको भरमा पर्यटन व्यवसाय चलाइरहेका छौँ। कमसेकम यो अवस्थामा भ्रमण वर्ष सफल पार्नका लागि आठ दशवटा प्लेन त चाहियो नी।

भर्खर दुईवटा प्लेन आएको छ त्यहिँपनि राम्रोसँग व्यवस्थापन भएको छैन। पहिला बोइङमात्र हुँदा कति धेरै विदेशी पर्यटक नेपाल आउँथे। तर पछिल्लो समय पर्यटकहरुको गुनासो नै महंगो हवाई शूल्क रहेको छ। उनीहरुले यहाँ लाग्ने हवाई शूल्कले अन्य तीनवटा मुलुक घुम्न सकिने बताउँछन्।

ट्राफिक जाम, प्रदुषण लगायतका समस्याले पर्यटकको बसाइ अवधि 'लेन्थ अफ स्टे' पनि घटिसक्यो। यहाँ आइसकेपछि कतिखेर फर्किउँ भन्ने कुरा सोच्न थालिसके।
              
२५ लाख पर्यटक धान्ने कोठा
हामीसँग होटलको रुम यथेष्ट छ। अहिले नै देशभर संचालित होमस्टे, मोनास्ट्री स्टे, लज, होटल लगायतमा २५ लाख पर्यटक धान्न सक्ने क्षमता रहेको छ। 

होटल मात्रै होइन हाम्रो पूर्वाधारको अवस्था पनि सन्तोषजनक छैन। जस्तो अन्तर्राष्ट्रिय विमानस्थल एयर ट्राफिक जाम हुन्छ। विमानस्थलबाट बाहिरिनेवित्तिकै धुलोधुँवाले स्वागत गर्छ। भूकम्पबाट क्षतिग्रस्त भएका पुरातत्व महत्वका क्षेत्र खण्डहरनै बनेका छन्। अनि हामीले कसरी पर्यटकको स्वागत गर्ने?

पर्यटक नेपाल आउँदा धेरै आकांक्षा लिएर आएका हुन्छन्। नेपाल प्राकृतिक र संस्कृतिको धनी देश भन्ने कुरा पढेर आएका हुन्छन्। तर आउनेवित्तिकै स्वागत प्रदुषणबाटै हुन्छ। एक त इमिग्रेसनबाटै सुरु हुन्छ। अहिले त अलिक सुधार भएको छ। हाम्रो बहालवाला पर्यटनमन्त्रीले धेरै कोशिश गर्नुभएको छ र यो विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजना बनाउनुभएको छ। भुकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदा पनि पुनर्निर्माण भइरहेका छन्। कतिपय खुला भइसकेका छन् त कतिपय निर्माणाधिन छन्।

त्रिभुवन विमानस्थलको अवस्था
विमानस्थल पहिलेकोभन्दा व्यवस्थित भएको छ।अब एयरपोर्ट नै सानो छ। पहिला चार पाँचवटा इन्टरनेशनल फ्लाइट हुन्थ्यो। त्यहि अनुसारको बिमानस्थल बनाइयो। तर अहिले ३२ वटा इन्टरनेशनल एयरलाइन्सले उडान अवतरण गर्दै आएका छन्।

विडम्बनाको कुरा के छ भने विमानस्थल बिस्तार गर्ने ठाउँ हुँदाहुँदै पनि भवनहरु निर्माण भइरहेको छ। विमानस्थल प्रवेशद्वार छेउमै भवन बनाइएको छ। त्यहाँ होटल बनाइने भएको छ। एयरपोर्ट छैउमै त्यसरी भवन बनाउँदा कसरी बिस्तार गर्न सकिन्छ?अर्को विडम्बना बेल्टबाट सामान झिकाइएपछि त्यहाँबाट बच्चा, सामान बोकेर ओरालो झर्ने यात्रुको दयनिय अवस्था छ। कमसेकम अराइभलबाट बाहिर निस्किएर तल आउनको लागि कुनै न कुनै सुविधा त चाहियो त। त्यो एउटा व्यवस्थापन त हुनुपर्यो।

सडक ट्राफिक जाम र प्रदुषण न्यूनीकरण गर्न सकिन्छ। ट्राफिक ब्यबस्थापन प्रणाली व्यवस्थित हुन जरुरी छ। ट्राफिक जाम हटाउनका लागि शहरमा ठूला ठूला बस संचालनमा ल्याउन जरुरी छ। बसमा पनि सिट क्षमता भन्दा थप यात्रु चढ्न प्रतिवन्ध लगाउनुपर्छ। युरोपतिर गयो भने सिट छैन भने यात्रु नै राख्दैन बसले। प्रत्येक पाँच मिनेटमा सार्जवनिक यातायातको मुभमेन्ट भइरहेको हुन्छ। त्यो सिस्टम यहाँ लागू भयो भने त ट्राफिक जाम यसै पनि न्यूनीकरण हुन्छ। सार्वजनिक यातायात जति बढ्यो ट्राफिक जाम कम हुन्छ। 
  
सिंगापुर हाम्रो जस्तै अस्तव्यस्त मुलुक थियो पहिला। त्यो अस्तव्यस्त देशलाई अहिले सुधार गरेर विकसित बनाइसकिएको छ। चाह्यो भने त गर्न सकिन्छ नी। गाडीमात्र झिकाएर गाडीको राजश्वलेमात्र राज्य व्यवस्था संचालन गर्ने हो भने त केही भन्नु छैन। उत्पादक काम त हुनुपर्योा नि त।हामीसँग यति अपार सम्पदा हुँदा राज्यको खर्च र पहलमा त्यसको पहिचान गरी त्यही अनुसार प्रयोग गरियो भने त मुलुक पर्यटकीय हिसाबले पनि सम्वृद्ध हुन सक्छ।      

पर्यटन बोर्डको भूमिका
पर्यटन बोर्डले विभिन्न पर्यटन मेलामा निजी सहभागीता गराउनुहुन्छ। तर के छ भने जुन किसिमको प्रचारप्रसार हुनुपर्ने हो, त्यो अनुसारको प्रचार प्रसार भइरहेको छैन। जुन एउटा शैली छ नी, अहिले डिजीटल प्रविधी आइसक्यो। ब्रोसर पढ्ने, सिडी चक्का प्रयोग गरेर हेर्न कसैलाई फुर्सद छैन।

नयाँ प्रविधी अनुसारको प्रचार प्रसार हुनुपर्छ। नेपाल पर्यटनबोर्डमा राजनीति हाबी भयो। प्राइभेट, पब्लिक पार्टनरसीपको मोडलमा खडा भएको संस्था अहिले राजनीति गर्ने थलो भएको छ। नेपाल टुरिजमको उद्धेश्य भनेको अधिकतम पर्यटक भित्र्याउनलाई प्रचार प्रसार गर्नु हो। तर काम चाहिँ सन्तोषजनक भएको पाइएको छैन।     

विदेशी पर्यटकहरु यहाँ घुम्न, रमाइलो गर्न, अवलोकन गर्न आउँछन्। वहाँहरुलाई दिनुपर्ने सुविधा हामीले दिन सकेका छैनौँ।  हनुमानढोका परिसरमै शौचालयको राम्रो व्यवस्था छैन। होटल संघ नेपालले कुनै बेला पाँचतारे स्तरको शौचालय निर्माण गरिदिने भनेका थियौँ। विभिन्न निकायको स्वीकृति पाइएन।

पूर्वाधारकै समस्याले गर्दा पर्यटक यहाँ आउन रुचाइरहेका छैनन्। अब भारतबाट आउने एक सय प्रतिशत पर्यटक पशुपति जान्छन्। शुद्ध गंगाजलका लागि सफा गर्न सकिएको छैन। मन्दिर परिसरबाट बाहिर आयो मगन्ते हुन्छन्। पर्यटकको लागि शौचालय, रेष्टुरेण्ट, मोवाइल चार्जिङ स्टेशन, यातायात लगायतको सुविधा अति आवश्यक छन्।

विदेशीहरुले खाना खाने ठाउँमा पहिला हेर्ने भनेकै शौचालय हो। शौचालय सफा छ भने विदेशी त्यहाँ जान्छन्। आधुनिक सुविधाको कमी कमजोरीले गर्दा पर्यटक आगमनको संख्या कम भएको हो।

होटलको लगानी के हुन्छ?
लगानी भित्र्याउने सरकारको घोषणा थियो। वैदेशिक लगानी चाहे त्यो जुनसुकै क्षेत्रमा होस् देशमा आए राम्रो कुरो हो। यो काठमाडौं क्षेत्रभित्र अब नयाँ होटलको आवश्यक्ता छ कि छैन हेर्ने जिम्मा राज्यको हो। अब पुग्यो कि पुगेन त। अब लगानीकर्ताले लगानी गर्नुपूर्व के सोच्नुपर्यो  भने मैले यो लगानी गरेर मैले यो प्रतिफल पाउन सक्छु कि सक्दिन!

जुन किसिमको ठूला ठूला होटलहरु आइरहेका छन्। यी सबै बैंङ्कको पैसाबाट आएका छन्। अक्युपेन्सीको दर हेर्ने हो भने काठमाडौंभित्र  सन् २०१७मा ६५ प्रतिशत अक्युपेन्सी रह्यो, सन् २०१८ मा ८० प्रतिशत अक्युपेन्सी देखियो। अलिकति बढेकै देखियो। भएको होटलहरु नै फुल स्विङमा चलेको छैन। सन् २०२० भित्र काठमाडौंभित्रै पाँच हजार कोठा थपिँदै छन्। यदि हामीले पर्याप्त पर्यटक भित्र्याउन सकेनौँ भने होटलको स्थिती भयावह हुन बेर छैन।

यसो भयो भने जसले बैंकको ब्याज तिरेर लगानी गरेर्को हुन्छ उनीहरुले ब्याज नै तिर्न सक्दैनन्। अनि होटल चलेन भने बैंक डुब्छ र बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु हो। त्यतातिर पनि राज्यले सोच्नै पर्ने अवस्था छ। होटलको लाइसेन्स दिँदा सहि गर्ने मान्छेले सोच्नुपर्यो।     

गुणस्तर पर्यटक कसरी ल्याउने?
हामीलाई ब्याकप्याकर पनि चाहिन्छ क्वालिटी पनि चाहिन्छ। क्वालिटीदेखि क्वान्टिटीसम्मको मार्केटिङ गर्नुपर्छ। क्वालिटीमात्र ल्यायो साना साना होटललाई मर्का पर्छ।

नेपाल एउटा सस्तो पर्यटकीय गन्तब्य भनेर प्रचार प्रसार भइसक्यो। अब सप्लाइ बढी भयो डिमाण्ड कम भयो। होटल त भर्नै पर्यो्। प्राय सबै तारे होटलको अक्युपेन्सी सोचेभन्दा कम छ। यसका लागि डिमाण्ड बढ्नैपर्छ। डिमाण्ड नबढेसम्म हामीले आफ्नो प्राइस लिन सक्दैनौँ। यहाँको प्रोडक्टको सहि सदुपयोग गर्नु आवश्यक छ।(शाक्यसँग बिजमाण्डूका वसन्तराज उप्रेतीले गरेको कुराकानीमा आधारित)